
भ्याली पब्लिकले आठौँ बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा दोहोरो उपाधि जितेको छ । भ्याली पब्लिक जुनियर पुरुष र सिनियर महिलामा च्याम्पियन बनेका हुन् । जुनियर पुरुषको आइतबार भएको फाइनलमा भ्याली पब्लिकले न्युटनलाई ३५–३० ले पराजित गर्यो ।
सिनियर महिलामा भ्याली पब्लिकले ग्रिनल्यान्डलाई ३६–२० ले हरायो । जुनियर पुरुषमा रियान शेरचन र सिनियर महिलामा लोरिसा गौचन ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए । दुवै खेलाडी भ्याली पब्लिकका हुन् । जुनियर पुरुषमा लालीगुराँसका साहिद पुन र सिनियर महिलामा फेरिल्यान्डकी रेणुका तामाङ सर्वाधिक स्कोरकर्ता बने ।
जुनियर पुरुषमा न्युटनका आशिष पुन र सिनियर महिलामा ग्रिनल्यान्डकी बिहानी राई उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । जुनियर महिलामा क्यान्भास वसन्त ऋतु तथा सिनियर महिलामा केभिकेएसएस उदीयमान टिम ठहरिए । ३० वैशाखदेखि सुरु भएको प्रतियोगिताको जुनियर पुरुष र महिलामा समान १२ टोलीले भाग लिएको बिएनएका बास्केटबल प्रशिक्षक नारायण खवासले जनाएका छन् ।