१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २९ सोमबार
  • Monday, 12 May, 2025
२o८२ बैशाख २९ सोमबार ११:o३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आजदेखि मौलाकालिकामा इला होटेल सञ्चालनमा आउँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २९ सोमबार ११:o३:oo

आइएमई ग्रुपको लगानीमा गैँडाकोट नगरपालिका– १, मौलाकाली, नवलपुरमा इला होटेल तथा रिसोर्ट सञ्चालनमा आउँदै छ । होटेलको सोमबार औपचारिक उद्घाटन हुँदै छ । मौलाकालीका केबुलकारको माथिल्लो स्टेसनमा रहेको उक्त होटेलमा सुइट तथा डिलक्स रुमसहित ६५ वटा रुम, एक हजारजना क्षमताको ब्यांक्वेट तथा कन्फ्रेन्स हल, रेस्टुरेन्ट, स्विमिङपुल, स्पा र जिमलगायत विभिन्न सुविधा उपलब्ध छ ।

केबुलकारसहितको इला होटेल तथा रिसोर्टको अत्याधुनिक पर्यटकीय पूर्वाधारले नारायणी, देवघाट, त्रिवेणीलगायतका देवभूमि, तपोभूमिसहितका सम्पदाको ऐतिहासिक गरिमा र महिमा तथा यस क्षेत्रको प्रकृति पर्यटनलाई सबै नेपाली तथा विदेशी पर्यटकसमक्ष पुर्‍याउन थप सघाउ पुग्ने विश्वास लिइएको छ । ग्रुपले सातवटै प्रदेशमा केबुलकार, होटेल तथा रिसोर्टसहितको पर्यटकीय पूर्वाधार निर्माण गरिरेको छ । 

हालसम्म तीनवटा प्रदेशमा केबुलकार निर्माण भई सञ्चालनमा आइसकेका छन् भने यस होटेल सञ्चालनसँगै दुईवटामा होटेलसहितका आयोजना नै सञ्चालनमा आइसकेका छन् । त्यस्तै, लुम्बिनी केबुलकारको टप स्टेसन वसन्तपुरमा होटेल निर्माण प्रक्रिया अघि बढेको छ भने सुदूरपश्चिमको कैलालीमा होटेल, रिसोर्ट र केबुलकार निर्माणको काम एकसाथ अघि बढिरहेको छ । त्यहाँ अबको एक वर्षभित्र केबुलकार सञ्चालनमा आउनेछ भने त्यसको केही समयपछि नै होटेल र रिसोर्ट पनि सञ्चालनमा आउनेछन् । त्यस्तै, ताप्लेजुङको पाथीभरामा केबुलकार निर्माण प्रक्रियामा छ ।