१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:३१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भारत र पाकिस्तानबिचको पछिल्लो तनावलाई मध्यनजर गरी अन्तर्राष्ट्रिय दायित्व निर्वाह गर्नुपर्छ : एनपी साउद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:३१:oo

नेपाली कांग्रेसका सांसद एनपी साउदले भारत र पाकिस्तानबिचको पछिल्लो तनावलाई मध्यनजर गरेर सरकारले कूटनीतिक जिम्मेवारी बोध गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय दायित्व निर्वाह गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको बुधबार बसेको बैठकको शून्य समयमा उनले छिमेकमा युद्धको आगो सल्किरहेको वेला सरकारले कूटनीतिक जिम्मेवारी बोध गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय दायित्व निर्वाह गर्नुपर्ने बताएका हुन्। 

‘आफ्नै नागरिक आस्थाका आधारमा आतंकको सिकार भएको र छिमेकमा युद्धको आगो सल्किरहेको वेला नेपाल सरकारले कूटनीतिक जिम्मेवारी बोध गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय दायित्व निर्वाह गर्न सुझाव दिन चाहन्छु,’ साउदले भने। पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका साउदले भारतको जम्मु–कस्मिरमा पर्ने पहलगाममा नेपाली युवक सुदीप गौतमसहित २६ जना निर्दोष व्यक्तिहरूको निर्ममतापूर्वक हत्याको गरेकाेप्रति दुःख व्यक्त गरे। 

‘विश्वव्यापी आतंकवादीहरूबाट भइरहेका आक्रमणहरूको सिकार हुनबाट नेपालीहरू पनि अछुतो रहन सकेका छैनन्,’ उनले भने, ‘पहलगाम आतंककारी घटनाले हाम्रो छिमेकी मित्रराष्ट्र भारत र पाकिस्तानबिच गम्भीर तनावको स्थिति उत्पन्न भएको छ।’ छिमेकमा भएको जघन्य आतंककारी घटना र विकसित परिस्थितिलाई नजरअन्दाज गर्दै पाकिस्तानको उच्चस्तरीय सैनिक प्रतिनिधिमण्डलले नेपाल भ्रमण गरेको प्रति असन्तोष व्यक्त गरे । 

‘भ्रमण पूर्वनिर्धारित नै भए पनि वर्तमान स्थितिबारे संवेदनशील भएर कूटनीतिक कौशलताका साथ तत्कालका लागि भ्रमण स्थगन गर्दै उपयुक्त समयको प्रतीक्षा गर्नुपर्ने आवश्यकता थियो,’ नेता साउदले भने ।