१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 06 May, 2025
Invalid date format २o:५६:oo
Read Time : < 1 मिनेट
समाचार

रारामा राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालय स्थापना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:५६:oo

रारामा राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालय स्थापना भएको छ। सोमबार आयोजित कार्यक्रममा वन तथा वातावरणमन्त्री तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष ऐनबहादुर शाही ठकुरीले कार्यालयको उद्घाटन गरेका हुन्।

कार्यक्रममा मन्त्री शाहीले राराको प्रकृति संरक्षणमा जोड दिने उदेश्यका साथ कार्यालय स्थापना गरिएको बताए। रारा नेपालको सबैभन्दा ठुलो तालका रूपमा मात्र सीमित नभई रारा प्रकृतिको बरदान भएकाले यसको संरक्षणमा जोड दिएर पर्यटकीय क्षेत्रको विकास गरिने बताए। 

कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थल एवं नेपालको सबैभन्दा ठुलो ताल रारासँगै त्यसवरपरको प्रकृति संरक्षणका लागि कर्णाली प्रदेशकै पहिलो रारामा राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालय स्थापन गरिएको हो।