१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 05 May, 2025
Invalid date format १६:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खोलामा डुबेर गैँडाकोटमा दुई किशोरको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:५२:oo

नवलपुरमा पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई किशोरको ज्यान गएको छ। नवलपुरको गैँडाकोट नगरपालिका– ३, केलादीस्थित जुक्तिखोलामा पौडी खेल्ने क्रममा सोमबार दिउँसो साढे २ बजेतिर दुई किशोरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए।

प्रहरीका अनुसार चितवनको भरतपुर महानगरपालिका– ८ निवासी १६ वर्षीय प्रमिसन पाठक र भरतपुर महानगरपालिका– ४, धर्मचोकनिवासी १६ वर्षीय शिशिर पन्तको मृत्यु भएको हो। उनीहरूसँगै पौडी खेल्न गएका साथीहरूले खबर गरेपछि प्रहरीले शव घटनास्थलबाट निकाली पोस्टमार्टमका लागि पठाउने तयारी गरिरहेको जनाएको छ।

घटनास्थल गैँडाकोट बजारबाट ९ किलोमिटर उत्तरतर्फ पहाडी इलाकामा पर्छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।