१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 05 May, 2025
रासस काठमाडौं
Invalid date format १६:४५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से परिसूचक घट्यो

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:४५:oo

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९.९८ अंकले घटेर दुई हजार ६ सय १०.४० अंकमा कायम भएको छ।

आज ३१९ कम्पनीको एक करोड ८४ लाख ३७ हजार ९४२ कित्ता सेयर ६५ हजार आठ सय ८४ पटक खरिद-बिक्री हुँदा रु. सात अर्ब ६३ करोड ४१ लाख ९३ हजार ६ सय ९३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

होटेल तथा पर्यटन समूह ०.०२, लघुवित्त ०.११, म्युचुअल फन्ड ०.२० र निर्जीवन बिमा समूह ०.०६ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। बैंकिङ ०.३८, विकास बैंक ०.७६, वित्त ०.९७, जलविद्युत् ०.७४, लगानी ०.१३ र जीवन बिमा ०.११ प्रतिशतले घटेको हो। त्यस्तै, उत्पादन तथा प्रशोधन ०.८८, व्यापार ०.७२ र अन्य समूह ०.२२ प्रतिशतले घटेको छ।

आजको कारोबारमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड, ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेड र सिटिजन सुपर–३० म्युचुअल फन्डको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घटेको हिमालयन पावर पार्टनर लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ।