१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २२ सोमबार
  • Monday, 05 May, 2025
भारतको उत्तराखण्डका मुख्यन्त्रीसँग सुदूरपश्चिमका मुख्यमन्त्रीले भेटवार्ता गर्दै
२o८२ बैशाख २२ सोमबार १o:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

साताव्यापी भारत भ्रमण सकेर मुख्यमन्त्री शाहसहितको टोली आज गृहनगर आउँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २२ सोमबार १o:o८:oo

साताव्यापी भारत भ्रमण सकेर सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहसहितको टोली आज गृहनगर आउँदै छ । मुख्यमन्त्री शाहको नेतृत्वमा १० सदस्यीय टोली वैशाख १६ गते भारत प्रस्थान गरेको थियो । टोली आज (सोमबार) लखनउबाट स्थलमार्ग हुँदै गृहनगर आउँदै छ ।

उत्तराखण्डका मुख्यमन्त्रीसँग सुदूरपश्चिमका मुख्यमन्त्रीको भेट

भारत भ्रमणमा रहेका मुख्यमन्त्री  शाहले उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री पुष्करसिंह धामी र गभर्नर ले.ज. गुरमित सिंहसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।भारत भ्रमणको क्रममा मुख्यमन्त्री शाहले उनका समकक्षी धामी र गभर्नर सिंहसँग भेटवार्ता गरेका हुन्।

भेटवार्तामा दुवै देशबिचको पारस्परिक सम्बन्ध, सांस्कृतिक, धार्मिक तथा सामाजिक समानताका विषय छलफलकेन्द्रित रहेको र वर्षौँदेखिको आपसी एकता र विश्वासलाई अझ बलियो बनाउने विषयमा छलफल भएको थियो ।

भेटमा मुख्यमन्त्री शाहले सुदूरपश्चिमको विकासका लागि भारत सरकारसँग सहकार्य गर्न आग्रह गरे। सुदूरपश्चिमको आर्थिक, सामाजिक, ऊर्जा, प्राविधिक, धार्मिक पर्यटन प्रवर्द्धन र विकासका लागि भारत सरकार सकारात्मक रहेको उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री धामीले प्रतिक्रिया दिए।

यसैगरी, मुख्यमन्त्री शाहले उत्तराखण्डका पर्यटनमन्त्री सतपाल महराज, वनमन्त्री सुवोध उनियाल र कृषिमन्त्री गणेश जोशीसँग पनि छुट्टाछुट्टै भेट गरेका छन्।