१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २२ सोमबार
  • Monday, 05 May, 2025
२o८२ बैशाख २२ सोमबार १४:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लागुऔषध गाँजासहित एकजना महिला पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २२ सोमबार १४:३३:oo

मकवानपुर प्रहरीले सोमबार लागुऔषध गाँजासहित एकजना महिला पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका– ८ खुरखुरेकी ३० वर्षीया लालमाया तामाङ रहेकी छिन् ।

तामाङलाई ३० किलो गाँजासहित प्रहरीले नियन्त्रणमा लिएको हो । मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार सोमबार बिहान लामालाई हेटौँडा– १० बसपार्कबाट पक्राउ गरिएको हो । 

लागुऔषध गाँजा ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक विश्वम्भरनाथ साहको कमान्डमा खटिएको प्रहरी टोलीले हेटौँडा बसपार्कबाट वीरगन्जतर्फ जान रोकिराखेको बा.प्र. ०३–०१ ज ९७४ नम्बरको इभी गाडीमा सवार भई आएकी तामाङको साथबाट उक्त परिमाणको गाँजासहित बरामद गरेको हो ।

तामाङले गाडीको छतमाथि जेब्रा झोलाभित्र लुकाइछिपाइ ल्याएको तीनवटा पोकामा ३० किलो गाँजा फेला पारिएको प्रहरीले जनाएको छ ।