समर सर्भ

२०७६ जेठ २८ मंगलबार १०:२७:००

ठन्डा मौसम सुरु हुनेबित्तिकै रम खोज्ने नेपालीको बानी छ । ‘हट रम पन्च’ बनाएर पिउँदा चिसो भाग्छ । त्यसैले रेस्टुरेन्टमा बार टेन्डरलाई पनि रमको कक्टेल सर्भ गर्न भ्याइनभ्याई हुन्छ । घरमै कक्टेल बनाएर पिउने चलन त छँदै छ । ‘हट रम पन्च’ बनाउन सजिलो छ । गर्मी लागेपछि भने नेपालीले ‘रम’ चटक्कै बिर्सिन्छन् । रम गर्मी याममा पनि पिउन सकिन्छ भन्ने कमलाई मात्र थाहा छ । रमको मौसमअनुसारका कक्टेल बनाउन सकिन्छ । रमको उत्पत्ती नै गर्मी मुलुकमा भएको हो । क्यारेबियन आइल्यान्डमा रम जन्मियो, जहाँ वर्षभरि नै औसतमा ३० डिग्री तापक्रम हुन्छ । त्यहाँका मान्छे वर्षैभरि रम पिउँछन् । एसियन मुलुकमा धेरै पछि मात्र रम भित्रिएको हो ।

रम गर्मीमा पनि पिउनयोग्य बनाउन सकिन्छ । मुलुककै ‘लेजेन्ड’ खुकुरी रमले तीन प्रकारको ‘समर सर्भ’ तयार पारेको छ, खुकुरी लेमोन फिज, खुकुरी कोला र खुकुरी एल । मदिरा पारखीलाई जानकारी गराउन खुकुरी रमले चल्तीका रेस्टुरेन्टमा ‘समर सर्भ’को ‘क्याम्पियन’ पनि गरिरहेको छ । कम्पनीले ग्राहकमाझ पुगेरै वर्षभरि नै रम पिउन सकिने जानकारीयुक्त कार्यक्रम थालेको हो ।

कक्टेल बनाउन विज्ञ भइरहनु पर्दैन । खर्च पनि धेरै लाग्दैन । खुकुरी रमले कम मिहिनेतमै ‘समर सर्भ’ बनाउन सिकाउँदै छ । रेस्टुरेन्टले पनि ‘समर सर्भ’ प्रमोट गरिरहेका छन् । खुकुरीरमले काठमाडौं र पोखराका मुख्य रेस्टुरेन्टमा ‘समर सर्भ’को क्याम्पियन गरिरहेको छ । विस्तारै प्रमुख सहरमा पुग्ने उसको योजना छ । गर्मी मौसममा ‘समर सर्भ’ नेपालीका लागि नयाँ स्वाद हुनेछ । किनकि, नेपाली गर्मीमा रम पिउँदैनन् । खुकुरीरमले पहिला बार टेन्डरलाई ‘समर सर्भ’ बनाउन सिकाउनेछ । रेस्टुरेन्टले ग्राहकलाई सर्भ गर्नेछन् । रेस्टुरेन्ट धाउने उपभोक्तालाई पनि घरमै ‘समर सर्भ’ बनाउन सिकाउने योजना छ । ताकि, ‘हट रम पन्च’ जस्तै ‘समर सर्भ’ पनि लोकप्रिय होस् । उपभोक्ताले वर्षभरि नै रम पिउन सकून् ।

नेपालमा मदिरा पारखीका लागि खुकुरीरम लोकप्रिय छ । रम भन्नेबित्तिकै खुकुरी सम्झिने गर्छन् । नेपालमा खुकुरी रमको बिरासत ६० वर्ष पुरानो छ । विदेशमा पनि परिचित छ । कतिपय मुलुकमा खुकुरी रम निर्यात हुन्छ । उपहारका रूपमा पनि विदेश पुग्ने गरेको छ । खुकुरीरम गर्व गर्नलायक नेपाली ब्रान्ड हो । त्यसैले, ग्राहकलाई वर्षभरि नै रम पिउन सकिने जानकारी गराउन कम्पनीले अभियान चलाएको जनाएको छ ।

समर सर्भ
कसरी बनाउने ?

  • खुकुरी लेमन फिज
  •  खुकरीरम ६० एमएल
  •  स्प्राइट/थम्प्स अप 
  •  लेमन जुस
  •  लेमन टुक्रा 
  •  आइस 

खुकुरी एल

  •  खुकुरीरम ६० एमएल
  •  जिन्जर एल
  •  आइस
  • खुकुरी कोला

 खुकुरीरम ६० एमएल

  •  कोला
  •  लेमन जुस
  •  लेमन टुक्रा 
  •  आइस