१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 05 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २३:५o:oo
Read Time : < 1 मिनेट
खेलकुद

सातौै जितसँगै पञ्जाब आइपिएलको प्लेअफ नजिक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २३:५o:oo

आइपिएलमा पञ्जाब किंग्सको प्लेअफमा पुग्ने सम्भावना बलियो भएको छ। आइतबारको खेलमा लखनउलाई हराएसँगै पञ्जाबको सम्भावना बढेको हो। 
पञ्जाबले लखनउलाई ३७ रनले पराजित गरेको हो। 

पहिले ब्याटीङ गरेको पञ्जाबले २३६ रनको बिशाल योगफल बनाएको थियो। जवाफी ब्याटीङमा लखनउ १९९ रनै समेटियो। जितका लागि पञ्जाबका बलर अर्शदीप सिंहले चार ओभरमा १६ रन दिएर तीन विकेट लिएका थिए। 

यो जितसँगै पञ्जाब अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। ११ खेलमा उसले सात वटा जितेको छ भने एउटा खेल रद्द हुँदा उसले १५ अंक जोडेको छ।