१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 01 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:१९:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

चलचित्र ‘झिल्को’को अग्रिम बुकिङ खुला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:१९:oo

शुक्रबार रिलिज हुने नेपाली चलचित्र ‘झिल्को’को अग्रिम बुकिङ खुला भएको छ । आजको डिजिटल युगमा प्रविधिको अनियन्त्रित प्रयोगले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने गम्भीर असरबारे संवेदनशील कथामा बनेको यस चलचित्रका लागि देशभरका हलहरूमा अग्रिम टिकट बिक्री सुरु गरिएको हो ।

यस चलचित्रको ट्रेलरले स्मार्टफोनको लतले निम्त्याउने पारिवारिक विखण्डन, अभिभावकको बेवास्ता र अभिभावक–सन्तानबिच बढ्दो दूरीजस्ता समस्यामाथि केन्द्रित कथा प्रस्तुत गरेको थियो, जसमा आयुषी ढकालले स्मार्टफोनको कुलतमा फसेकी बालिकाको भूमिकामा प्रभावकारी अभिनय गरेकी छिन् । साथै, सुनील पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनिश श्रेष्ठ र जेभिश श्रेष्ठको यस चलचित्रमा अभिनय रहेको छ ।

यसअघि ‘झोला’जस्तो ऐतिहासिक र सामाजिक सन्देशमूलक चलचित्र निर्देशन गरेका यादवकुमार भट्टराईले यो चलचित्रको निर्देशन गरेका हुन् । भट्टराईले बालबालिका, अभिभावक, शिक्षक र नीति–निर्माताबिच समन्वयको आवश्यकता दर्शाउन यो कथा चुनेको बताए ।

मिडिया फर कल्चर प्रा.लि.को ब्यानरमा निर्माण गरिएको चलचित्रको छायांकन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठ, कलर तथा साउन्ड मिक्सिङ श्याम कुँवर र साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन् । चलचित्रको कथा तथा पटकथा यादवकुमार भट्टराईले अरुणदेव जोशी र देव व्रतसँग मिलेर तयार पारेका हुन् ।

‘झिल्को’का कार्यकारी निर्माता उमेश पौडेल हुन् भने निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरणकुमार आचार्य रहेका छन् । चलचित्र जनता टिभीको सहकार्यमा निर्माण गरिएको हो । यसैबिच, बिहीबार साँझ काठमाडौंमा यस चलचित्रको ग्रान्ड प्रिमियर साे आयोजना गरिएको छ ।