१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 02 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २३:१५:oo
Read Time : < 1 मिनेट
समाचार

शिक्षकसँगको वार्ता निष्कर्षविहिन, बुधबार मन्त्रिपरिषद् बैठकमा नौ बुँदा पास गर्ने प्रस्ताव 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २३:१५:oo

आन्दोलनरत शिक्षकसँगको मंगलबारको वार्ता पनि निष्कर्षविहित टुंगिएको छ। यद्यपी छलफल सकारात्मक भएको शिक्षक महासंघका प्रतिनिधिले बताएका छन्। 

शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीका अनुसार मंगलबारको वार्तामा आफुहरुले राखेको नौ बुँदामा केन्द्रीत भएर छलफल भएको छ । ती बुँदा सम्बोधनका लागि बुधबार मन्त्रिपरिषद् बैठकबाट पास गर्ने आश्वासन सरकारी पक्षले दिएको छ । साथै, शिक्षा बिधेयक पास गर्ने ग्यारेन्टी गरेमा आन्दोलनको स्वरुप परिवर्तन गर्ने शिक्षक महासंघको प्रस्ताव छ । नौ बुँदाहरु सार्वजनिक गरिएको छैन । 

मंगलबारको वार्तामा शिक्षमन्त्री रघुजी पन्तसहित अर्थमन्त्री विष्णु पौडेल तथा गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए।