१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 28 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २१:२८:oo
Read Time : < 1 मिनेट
समाचार

दिगु द्यःया देग जीर्णोद्धार सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:२८:oo

लैनचौरस्थित दिगु द्यःया देग (कुल देवताको घर)को जीर्णोद्धार सम्पन्न भएको छ । काठमाडौं महानगरपालिका–२६ ले उक्त कुल देवताको घर उपभोक्ता समितिमार्फत जीर्णोद्धार सम्पन्न गराएको हो।

उक्त कुल देवता घरको जिर्णोद्वार वैशाख ०८१ मा थालिएको थियो । जीर्णोद्धार पूरा भएपछि १३ वैशाखमा महानगरपालिकाको सुशासन समितिका संयोजक एवं वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारीले शिलापत्र अनावरण गर्दै उद्घाटन गरेका हुन्। 

यो कुलदेवता घर महानगरपालिका–१७ थँहिटी, क्वाबहालको लघःछे टोलका आदिवासी ज्यापू समुदायको हो। यसको लागत करिब २० लाख रहेको छ। मूल सडकको बिचमा रहेकोले कुनै समय सडक विस्तारका क्रममा यसलाई हटाएर देवता रहेको स्थानमा पनि सडक बनाउने योजना अगाडि सारिएको थियो। परम्परादेखि मानी आएको देवस्थानलाई अन्यत्र सार्न नहुने, यसबाट अनिष्ट सिर्जना हुने भन्दै स्थानीय समुदायबाट विरोध भएपछि देवघर स्थानान्तरण हुनबाट रोकिएको थियो। 

पुनर्निर्माणका क्रममा केशरमहलबाट नारायणहिटी पर्खाल हुँदै सोह्रखुट्टेतर्फ लाग्ने चोकबाट लैनचौर फुटबल ग्राउन्डनजिकसम्म आइल्यान्ड निर्माण गरिएको छ। आइल्यान्डको मध्य भागमा देवघर बनाइएको छ। देवस्थल भने सडक सतहभन्दा केही तल छ।