१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १४ आइतबार
  • Sunday, 27 April, 2025
२o८२ बैशाख १४ आइतबार १९:५२:oo
Read Time : < 1 मिनेट
समाचार

चट्याङ लागेर दुईजनाको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख १४ आइतबार १९:५२:oo

चट्याङ लागेर कास्कीमा दुईजनाको मृत्यु भएको छ। आइतबार परेको चट्याङ लागेर संखुवासभाको सिलिचुङ गाउँपालिका–२ घर भएका भरतकुमार राई र महेश राईको मृत्यु भएको हो।

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित त्रिवेणी ताल (हिडन लेक) पदमार्ग स्तरोन्नतिको काममा खटिएका उनीहरूको चट्याङ लागेर मृत्यु भएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख विष्णुबहादुर केसीले जानकारी दिए। नेपाल पर्यटन बोर्ड र गाउँपालिकाको १८ लाख लागतमा उक्त पदमार्ग स्तरोन्नति भइरहेको थियो।

३८०० मिटर उचाइमा रहेको त्रिवेणीताल पदमार्ग स्तरोन्नतिका लागि आइतबारदेखि नौजना मजदुर काममा खटिएका थिए। दिउँसो खाजा बनाउन भनेर उनीहरू अस्थायी टहरामा गएको वेला आएको हावाहुरी, वर्षासँगै परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो। सँगै काममा खटिएका अन्य सातजना मजदुरहरू भने सकुशल रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वसन्तकुमार शर्माका अनुसार घटनापछि प्रहरी निरीक्षक राजकुमार केसीको नेतृत्वमा चारजनाको टोली घटनास्थलतर्फ गएको जानकारी दिए। घटनास्थल विकट र जंगल क्षेत्रमा रहेकाले प्रहरी पुगेपछि सोमबार उनीहरूको शव निकालिनेछ।