१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 28 April, 2025
Invalid date format १७:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जबर्जस्ती करणी आरोपमा २० वर्षीय युवक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:३३:oo

१६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा धनकुटा नगरपालिकाका २० वर्षीय सबिन शेर्पालाई आज आइतबार प्रहरीले पक्राउ गरेको छ।

आरोपित शेर्पाले वैशाख ३ गते आफ्नै घरको कोठमा लगेर १६ वर्षीया बालिकालाई ललाइफकाई जबर्जस्ती करणी गरेको प्रहरीले बताएको छ। घटनापश्चात् फरार रहेका शेर्पालाई आज उनकै घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ओमप्रकाश खनालले जनाए।

उनलाई जिल्ला अदालत धनकुटाबाट म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाएको डिएसपी खनालले बताए। घटनापश्चात् पीडित बालिकाको बुबाले वैशाख ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए।

उजुरीलगत्तै जबर्जस्ती करणीअन्तर्गतको मुद्दा दायर गरी खोजतलास गर्दा आरोपित शेर्पा फरार थिए।