१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 28 April, 2025
Invalid date format १६:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हत्या आरोपमा फरार अभियुक्त २० वर्षपछि पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:२२:oo

दाङमा हत्या आरोपमा फरार अभियुक्त २० वर्षपछि पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य राणाका अनुसार तुलसीपुर उपमहानगरपालिका– १२ पुकारपसल घर भई तुलसीपुर– ६ बरुवगाउँ बस्दै आएका ४२ वर्षीय वीरबहादुर गुरुङ पक्राउ परेका हुन्।

गुरुङमाथि २० वर्षअघि आफ्नै ससुराको हत्या गरेको अभियोग छ। ०६२ साउन १४ गते राति ८ बजेतिर तुलसीपुरको अस्वारा घर भई तुलसीपुर– ५ नयाँबसपार्कमा तरकारी पसल गरी बस्ने आफ्नै ससुरा ३५ वर्षीय काशीराम विकको हत्या गरेको अभियोगमा २० वर्षपछि पक्राउ गरिएको प्रहरीले बताएको छ।

गुरुङ ससुराली गएका वेला काशीराम र उनकी कान्छी श्रीमती शोभा विकबिच विवाद भएको थियो। सो क्रममा पाहुना गएका गुरुङले ससुरालाई खुट्टा र हातले हिर्काउँदा घटनास्थलमै मृत्यु भएको हो। गुरुङ नसाको तालमा रहेकोसमेत प्रहरीले बताएको छ।

हत्यापछि फरार रहेका उनी लुकिछिपी भारतमा बस्दै आएका थिए। त्यसपछि केही समयमा घर आएका उनी तुलसीपुर– १२ टरिगाउँमा लुकिछिपी बस्दै आएका थिए। सोही क्रममा शुक्रबार पक्राउ गरिएको हो।