१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 27 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २३:३४:oo
Read Time : < 1 मिनेट
समाचार

ओली र देउवाबिच बालुवाटारमा छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २३:३४:oo

 सत्ता गठबन्धनमा फेरबदलको चर्चाकाबिच प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ । शनिबार बेलुका बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए। 

सो  भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए।  दुवै नेताले सरकार परिवर्तनका बारेमा चलाइएका हल्ला गलत र निराधार भएको बताएको मन्त्री पौडेलले जानकारी दिए।