
काठमाडौं महानगरपालिकाले आइतबार शोक बिदा दिने भएको छ।
महानगरपालिकाले आज एक सूचना जारी गर्दै काठमाडौं नगर पञ्चायतका उपप्रधानपञ्च तीर्थराम डंगोलको निधनमा महानगरले शोक बिदा दिने निर्णय गरेको हो ।
लामो समयदेखि प्रोस्टेज क्यान्सर र मिर्गौलाको उपचार गराइरहेका डंगोलको गए राति सिनामंगलस्थित केएमसी अस्पतालमा निधन भएको हो।