१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 26 April, 2025
नयाँ पत्रिका लस एन्जलस
Invalid date format १५:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अमेरिकामा दादुराका आठ सयभन्दा बढी बिरामी भेटिएको पुष्टि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, लस एन्जलस
नयाँ पत्रिका
Invalid date format १५:२२:oo

अमेरिकामा यस वर्षको पहिलो तीन महिनामा दादुराका ८८४ बिरामी भेटिएको पुष्टि भएको छ। 

गत वर्षको तुलनामा यो उल्लेखनीय वृद्धि हो। अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) ले शुक्रबार सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार सन् २०२५ मा अहिलेसम्म देशभर ११ वटा दादुराका प्रकोप देखिएका छन्।

सिडिसीले प्रकोपलाई तीन वा तीनभन्दा बढी सम्बन्धित संक्रमणको रूपमा परिभाषित गरेको छ। अमेरिकाका ३० क्षेत्रका ९४ जना अस्पताल भर्ना भएका छन् भने तीनजनाको मृत्यु भएको छ।

सन् २०२४ मा दादुराका कुल २८५ जनामा दादुरा देखिएको थियो भने सन् २०२४ को तुलनामा यस वर्ष दादुराका बिरामीको संख्यामा उल्लेख्य वृद्धि भएको छ।

सिडिसीले दादुराबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको खोप नै हो भन्ने कुरामा जोड दिएको छ। दादुरा, मम्प्स, रुबेलाजस्ता रोगबाट बच्न सम्बन्धित खोपको दुई मात्रा निकै प्रभावकारी हुन्छ।