१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 25 April, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format २o:१८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

ब्राजिलका पूर्वराष्ट्रपति भ्रष्टाचार आरोपमा पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format २o:१८:oo

ब्राजिलका पूर्वराष्ट्रपति फर्नान्डो कोलर डी मेलो पक्राउ परेका छन्।  भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको अभियोगमा सर्वोच्च अदालतले झन्डै नाै वर्षको जेल सजाय सदर गरेपछि शुक्रबार उनलाई पक्राउ गरिएको त्यहाँको प्रहरीले जानकारी दिएको छ।

ब्राजिलमा प्रजातान्त्रिक रूपमा निर्वाचित पहिलो राष्ट्रपति कोलर डी मेलोलाई सन् १९९२ मा कंग्रेसले घुस लिएको आरोपमा महाभियोगको प्रक्रिया सुरु गरेको थियो। 

जसका कारण उनले कार्यकाल नसकिँदै राजीनामा दिएका थिए। एएफपीले स्रोतलाई उद्धृत गर्दै ७५ वर्षीय उनलाई देशको उत्तरपूर्वी क्षेत्रबाट पक्राउ गरेको उल्लेख गरेको छ।

पक्राउ आदेश खारेज गर्ने उनको प्रयासलाई पनि अदालतले अस्वीकार गरेको थियो। एक निर्माण कम्पनी र ब्राजिलको सरकारी तेल कम्पनी पेट्रोब्रासको पूर्वसहायक कम्पनीबिच ‘अनियमित रूपमा सम्झौता गर्न’ रकम लिएको उनीमाथि आरोप छ।