१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 26 April, 2025
Invalid date format १७:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नवलपुरमा पानीट्यांकीको पर्खाल भत्किँदा च्यापिएर एक मजदुरको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:५९:oo

नवलपुरको देवचुलीमा पानीट्यांकीको पर्खाल भत्किँदा एक मजदुरको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्।

मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका– १४ निवासी २४ वर्षीय नवीन सिँजाली रहेका जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए।

गम्भीर घाइते सिँजालीको भरतपुरमा उपचारको क्रममा आज दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले बताए। मुचुल्का उठाएर शव पोस्टमार्टमको तयारी भइरहेको उनले बताए।

घाइते हुनेहरूमा सोही ठाउँका २८ वर्षीय कुमार परियार, २४ वर्षीय ज्ञानेन्द्र बयाम्बू र ५० वर्षीय कृष्णबहादुर बयाम्बू छन्। कुमारको भरतपुर र अन्य दुईजनाको देवचुली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

शुक्रबार बिहान पौने १० बजेतिर देवचुली नगरपालिका– ६ मुण्डेस्थित धरादी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको फिल्टर प्लान्ट ट्यांकी ढलान गर्ने क्रममा ढुंगाको पर्खाल भत्किँदा उक्त घटना भएको हो। घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।