१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 26 April, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शिक्षकहरू वार्तामा बस्न तयार, शिक्षामन्त्रीसहितको बैठक केहीबेरमा बस्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:o७:oo

सरकारले आह्वान गरको वार्तामा शिक्षकहरू सहभागी हुने भएका छन्। शिक्षा मन्त्रालयले बोलाएको वार्तामा शिक्षक महासंघले उपस्थित हुने निर्णय गरेको हो। 

महासंघका सहअध्यक्ष नानुमाया पराजुलीले वार्तामा सहभागी हुने बताउँदै कसरी अगाडि बढ्ने भन्नेबारेमा थप छलफल भइरहेको बताइन्। ‘वार्तामा जान्छौँ, तर हामीबिच पनि छलफल गरिरहेका छौँ,’ उनले भनिन्।

मन्त्रालयले ३ बजे वार्ताका लागि बोलाएको छ। वार्तामा शिक्षामन्त्री रघुजी पन्त बस्नेछन्।

विद्यालय शिक्षा ऐन माग्दै शिक्षकहरू आन्दोलनमा उत्रिएको २५औँ दिन पुगेको छ। ऐन नलिई नफर्किने अडानमा रहेका शिक्षकलाई बिहीबार सर्वोच्च अदालतले तीन दिनभित्र विद्यालय फर्कने वातावरण तयार सरकारका नाममा अन्तरिम आदेशसमेत दिइसकेको छ।