Skip This
ओमोडा एन्ड जेइकोले शुक्रबार ‘ओ–युनिभर्स’ गर्ने
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 23 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o९:५o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ओमोडा एन्ड जेइकोले शुक्रबार ‘ओ–युनिभर्स’ गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o९:५o:oo

ओमोडा एन्ड जेइकोले विश्वव्यापी डिलरका लागि १२ वैशाखमा विशेष कार्यक्रम गर्ने घोषणा गरेको छ । ‘ओ–युनिभर्स’ नाम दिइएको उक्त कार्यक्रमको अनुभवले विश्वभरका डिलर तथा मिडिया प्रतिनिधिलाई ओमोडाको अत्याधुनिक प्रविधिबाट प्रेरित ‘ओ–ल्याब’ र जेइकोको अफ–रोड जीवनशैलीमा आधारित ‘जे–ल्यान्ड’का फरक अनुभव लिन सक्नेछन् ।

ओमोडाको ‘ओ–ल्याब’ले प्रविधि र कलाको संगमसहित सन् २०५० को फ्युचरिस्टिक सहर कस्तो हुनेछ भन्ने अनुभव दिने कम्पनीको भनाइ छ । यसै अनुभवअन्तर्गत ओमोडाको पहिलो हाइब्रिड मोडेल ‘सी–सेभेन एसएचएस’ र पहिलो पूर्ण रूपमा विद्युतीय गाडी ओमोडा ‘ई–फाइभ’को पनि प्रदर्शनी हुने कम्पनीले जनाएको छ । यसका साथै, ‘सी–थ्री साइबर मेका आर्ट ग्यालरी’ले परम्परागत प्रविधिका सीमालाई तोड्दै यसको ‘इन्टेलिजेन्ट लाइटइन्सटलेसन’सहित एक ‘सररियल’ एवं कलात्मक अनुभव सिर्जना गर्नेछ । 

त्यस्तै, जेइको ‘जे–ल्यान्ड’ प्रदर्शनीमा एक हरियालीपूर्ण वातावरणको झल्को दिनेछ । यही क्रममा पूर्ण विद्युतीय लाइट–आउटडोर–एसयुभी ‘जे–फाइभ बिइभी’को प्रदर्शन हुनेछ । साथै, जेइकोको नवीनतम ‘एसएचएस हाइब्रिड’ प्रविधिबाट सुसज्जित ‘जे–सेभेन एसएचएस’ र ‘जे–एट एसएचएस’ मोडेलको पनि प्रदर्शन हुने कम्पनीको भनाइ छ ।

यी अत्याधुनिक अफ–रोड गाडीको लाइनअप आकर्षक अफ–रोड ‘रक्की प्लेटफर्म’मा प्रदर्शन गरिनेछ । ‘इको–सो’कै क्रममा सहभागीले ‘जे–फाइभ बिइभी’, ‘जे सेभेन एसएचएस’ र जे एट एसएचएस’ मोडेल प्रदर्शनी गरिनेछ । यस अवधिभर कम्पनीले लाइट क्याम्पिङ र टेस्ट ड्राइभको अनुभव प्रदान गर्ने बताएको छ ।