Skip This
शिक्षक आन्दोलन दबाएर परीक्षा सार्नु प्रधानमन्त्रीको अक्षमता : सोविता गौतम 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 22 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २२:३६:oo
Read Time : < 1 मिनेट
समाचार

शिक्षक आन्दोलन दबाएर परीक्षा सार्नु प्रधानमन्त्रीको अक्षमता : सोविता गौतम 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २२:३६:oo

रास्वपा सांसद सोविता गौतमले विद्यार्थीको भविष्य दाउमा राखेर कक्षा १२ को परीक्षा सार्नु सरकारको अक्षमता भएको टिप्पणी गरेकी छिन् ।  

गौतमले आन्दोलनरत शिक्षकसँग वार्ता गरेर निर्धारित परीक्षा सञ्चालन गराउनुको साटो प्रधानमन्त्रीले शिक्षकहरूको आवाज नसुन्ने, विभागीय मन्त्रीलाई काम गर्न नदिएर राजीनामा गर्न लगाउने र सरकार जिम्मेवारीबाट पन्छिएर प्रधानमन्त्रीको ठाडो निर्देशनमा परीक्षा सार्नु गलत भएको टिप्पणी गरेकी हुन् ।  

परीक्षा सारिएपछि सांसद गौतमले फेसबुकमा लेखेकी छन्, ’अन्ततः प्रधानमन्त्रीको ठाडो आदेशमा कक्षा १२ को परीक्षा सारिएको छ। शिक्षक आन्दोलन चुलिएको छ, मन्त्रीले राजीनामा दिनुपर्‍यो अनि प्रधानमन्त्रीचाहिँ बालुवाटारबाट ठाडो आदेश बर्साइरहनुभएको छ । विद्यार्थीको भविष्य बलिको बोका, शिक्षकको आवाज मुठ्ठीमा, अनि दुई ठुला दलको ‘कुशलता’ हेरेर जनताले ताली पिट्नुपर्ने होला, हाेइन ? देशभरि आन्दोलन छ, मन्त्रालय खाली छ, र तपाईं एक्लै साे चलाउँदै हुनुहुन्छ ! नेतृत्व हाेइन यो, अक्षमता हो।’