१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ५ शुक्रबार
  • Saturday, 19 April, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख ५ शुक्रबार १४:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कानुन समितिको वार्षिक प्रतिवेदन पारित, आगामी संसद् बैठकमा पेस हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख ५ शुक्रबार १४:२२:oo

प्रतिनिधिसभा, कानुन, न्याय तथा मानव अधिकार समितिले आर्थिक वर्ष ०८१/०८२ को वार्षिक प्रतिवेदन संशोधनसहित पारित गरेको छ। समितिको आज बसेको बैठकले सो प्रतिवेदन पारित गर्दै संघीय संसद्को आगामी बैठकमा पेस गर्ने निर्णयसमेत गरेको छ ।
 
प्रतिवेदनमा एक वर्षको अवधिमा समितिले सम्पादन गरेका कार्य, विधेयकमाथिको छलफल, संशोधन र पारित, विभिन्न स्थलगत अनुगमनलगायतका विवरण समेटिएकाे सभापति विमला सुवेदीले जानकारी दिइन् । यस वर्ष समितिले संघीय संसदबाट जारी भएका कानुन कार्यान्वयनको अवस्थासम्बन्धी छलफल तथा हिरासतमा थुनुवाको मौलिक हकको सुनिश्चितता र कैदीबन्दी तथा बाल सुधारगृहमा मानव अधिकारको अवस्थासम्बन्धी स्थगलत अनुगमन गरेको थियो।
 
आगामी दिनमा देशका विभिन्न भागमा रहेका मध्यवर्ती क्षेत्रका जनताको मानव अधिकारसम्बन्धी विषयमा स्थलगत अनुगमन गर्ने तयारी गरिएको सभापति सुवेदीले जानकारी दिइन् । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संसदीय समितिले दिएका सुझावका आधारमा मन्त्रालयले कानुन संशोधनको तयारी गरिरहेको जानकारी दिए । उनले  केही कानुन संशोधनका लागि अन्तिम तयारी भइरहेको बताए ।