Skip This
बालुवाटार क्षेत्रमा कबाडी सामान उठाउन हिँडेका व्यक्तिलाई नगर प्रहरीद्वारा अमर्यादित व्यवहार, इन्स्पेक्टरमाथि कारबाही
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ३ बुधबार
  • Wednesday, 16 April, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख ३ बुधबार १३:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बालुवाटार क्षेत्रमा कबाडी सामान उठाउन हिँडेका व्यक्तिलाई नगर प्रहरीद्वारा अमर्यादित व्यवहार, इन्स्पेक्टरमाथि कारबाही

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख ३ बुधबार १३:२९:oo

काठमाडौं महानगरको नगर प्रहरीले कबाडी सामान खोज्दै साइकल डोर्‍याउँदै हिँडेका एक व्यक्तिको साइकल खोस्दै गरेको भिडियो  सामाजिक सञ्जालमा भाइरल छ । यो घटनाले काठमाडौं महानगरको नगर प्रहरीको आलोचना भएको छ । उक्त घटना आज बिहान ८ बजेको हो ।

 कबाडी सामान खोज्दै एक व्यक्ति बालुवाटार क्षेत्रमा पुगेका थिए । नगर प्रहरीले लछारपछार गरी साइकल खोसेको थियो । त्यस क्षेत्रमा कबाडी सामान उठाउन आउनेहरूले हैरान पारेको, घरभित्रै पसेको र साइकलको घन्टी बजाएर डिस्टर्भ गरेको उजुरी महानगरमा परेको नगर प्रहरी प्रमुख राजु पाण्डेले बताए ।

‘गुनासोका आधारमा नगर प्रहरी त्यहाँ पुगेको हो, तर नगर प्रहरीले मर्यादित व्यवहार गरेन, घटनामा संलग्न नगर प्रहरीलाई कारबाही हुन्छ, त्यस क्षेत्रमा जिम्मेवारी पाएका इन्स्पेक्टर शम्भु विष्टलाई मैले त्यहाँको जिम्मेवारीबाट हटाएको छु,’ उनले भने ।