Skip This
वीरगन्ज झडप : सर्वदलीय बैठकले गर्‍यो पाँच निर्णय
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ३१ आइतबार
  • Tuesday, 15 April, 2025
तिवारी यादव वीरगन्ज
२o८१ चैत ३१ आइतबार १८:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वीरगन्ज झडप : सर्वदलीय बैठकले गर्‍यो पाँच निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत ३१ आइतबार १८:३४:oo

वीरगन्जमा शनिबार शोभायात्रालाई नगर परिक्रमा गर्ने क्रममा दुई समूहबिच भएको झडपपछिको तनाव कम गर्न सर्वदलीय बैठकले विभिन्न सहमति गरेको छ।

जिल्ला प्रशासन कार्यालय पर्साको सभा कक्षमा आइतबार बिहानदेखि बसेको स्थानीय प्रशासन, राजनीतिक दलका स्थानीय नेता र धार्मिक अगुवाहरूको संयुक्त बैठकले पाँचबुँदे निर्णय गरेको हो।

पटक-पटक गरी लामो समय बसेको बैठकले घटनाबारे विस्तृत छानबिन गरी दोषीमाथि कारबाही गर्ने निर्णय गरेको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए।

यसैगरी, अन्तर धार्मिक सम्प्रदायिक सद्भाव र सहिष्णुता कायम राख्न सबै पक्ष पूर्ण प्रतिबद्ध रहेर कानुनी कारबाही प्रक्रियामा सहयोग पुर्‍याउने, घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्ने, घटनाबाट भएको क्षतिपूर्तिका लागि प्रशासनले पहल गर्ने निर्णय भएका छन्।

धार्मिक ,सांस्कृतिक सम्प्रदायले गर्ने कुनै पनि जात्रा, पर्व कार्यक्रममा हातहतियार प्रदर्शन नगर्ने, अन्यथा कारबाहीको दायरामा ल्याउने एवं जिल्लामा सञ्चालित सबै धार्मिक संघसंस्था तथा ती संस्थाबाट सञ्चालित विद्यालय, मदरसा इत्यादिको अनुगमन गरी अन्यथा देखिएमा कारबाहीको दायरामा ल्याउने निर्णय भएको प्रजिअ अर्यालले बताए।