१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २९ शुक्रबार
  • Friday, 18 April, 2025
२o८१ चैत २९ शुक्रबार १o:१७:oo
Read Time : > 4 मिनेट
विश्व प्रिन्ट संस्करण

अमेरिका–चीन व्यापार युद्धले विश्व अर्थतन्त्रमा पार्ने प्रभाव

अहिलेसम्म चीनमा अमेरिकाको कर १४५ प्रतिशत पुगेको छ भने चीनको जवाफी भन्सार शुल्क ८४ प्रतिशत कायम गरिएको छ । यसको प्रभाव पाँच गुणा बढी हुन सक्छ । यसको असर अमेरिकालाई त पर्नेछ नै, चीन पनि अछुतो रहनेछैन ।

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८१ चैत २९ शुक्रबार १o:१७:oo

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामान आयातमा १४५ प्रतिशतभन्दा बढी कर लगाएपछि चीन र अमेरिकाबिच पूर्णस्तरको व्यापार युद्ध हुने प्रबल सम्भावना छ । चीनले अमेरिकी दबाबको अगाडि आत्मसमर्पण गर्नुको सट्टा ‘अन्तसम्म लड्ने’ चट्टानी अडान लिएको छ । ह्वाइट हाउसको पछिल्लो कदमको प्रतिक्रियामा अमेरिकी सामानमा ३४ प्रतिशतबाट ८४ प्रतिशतसम्म भन्सार बढाउने बेइजिङले घोषणा गरेको छ । यो बढ्दो व्यापार द्वन्द्वले विश्व अर्थतन्त्रको लागि के अर्थ राख्छ ?

दुई देशले कति गर्छन् व्यापार ?
गत वर्ष दुई आर्थिक शक्तिबिचको सामानको व्यापार करिब ५८५ अर्ब डलर (४२९ अर्ब युरो) पुगेको थियो । तथापि, अमेरिकाले चीनले अमेरिकाबाट आयात गरेको (१४५ अर्ब) भन्दा धेरै चीनबाट (४४० अर्ब डलर) आयात गरेको थियो । जसका कारण सन् २०२४ मा चीनसँग अमेरिकाको व्यापार घाटा २९५ अर्ब डलर रह्यो । यो एक उल्लेखनीय व्यापार घाटा हो, जुन अमेरिकी अर्थतन्त्रको लगभग एक प्रतिशतबराबर हो । तर, यो ट्रम्पले यसै साता दाबी गरेको ४१ ट्रिलियन डलरभन्दा कम हो ।

राष्ट्रपतिको रूपमा आफ्नो पहिलो कार्यकालमा ट्रम्पले चीनमा उल्लेख्य कर लगाएका थिए । ती कर कायम राख्दै उनका उत्तराधिकारी जो बाइडेनले केही थपेका थिए, जसका कारण दुई देशबिचको व्यापारमा केही हदसम्म अवरोध भएको थियो । व्यापार अवरोधका कारण चीनबाट आयात गर्ने सामान २०१६ मा अमेरिकाको कुल आयातको २१ प्रतिशत हिस्साबाट घटेर १३ प्रतिशतमा झर्‍यो । तसर्थ, व्यापारिक दृष्टिले चीनमाथिको अमेरिकी निर्भरता विगत एक दशकमा घटेको छ ।

अमेरिकामा केही चिनियाँ सामानको निर्यात दक्षिणपूर्वी एसियाली देश हुँदै जाने गरेको विश्लेषक बताउँछन् । उदाहरणका लागि, ट्रम्प प्रशासनले २०१८ मा चीनबाट आयात हुने सौर्य प्यानलमा ३० प्रतिशत कर लगाएको थियो । चिनियाँ सौर्य प्यानल निर्माताले आफ्नो एसेम्बली सञ्चालन मलेसिया, थाइल्यान्ड, कम्बोडिया र भियतनामजस्ता राज्यमा सारिसकेका र ती देशबाट सम्पन्न उत्पादन अमेरिका पठाउने गरेको अमेरिकी वाणिज्य मन्त्रालयले २०२३ मा पुष्टि गरेको थियो । चर्को शुल्कबाट बच्न यस्तो कदम चालिएको थियो । ती देशमा लगाइएको नयाँ ‘पारस्परिक’ ट्रम्प शुल्कले अन्ततः चीनमा उत्पत्ति हुने विभिन्न प्रकारका सामानको अमेरिकी मूल्य बढाउनेछ ।

एक–अर्काबाट अमेरिका र चीनले के–के आयात गर्छन् ?
सन् २०२४ मा अमेरिकाबाट चीनमा निर्यात हुने सामानको सबैभन्दा ठुलो क्याटागोरी भटमास थियो । मुख्यतया चीनका अनुमानित ४४ करोड सुँगुरलाई खुवाउन बेइजिङले ठुलो परिमाणमा भटमास आयात गर्छ । अमेरिकाले चीनमा औषधि र पेट्रोलियम पनि पठायो ।अर्कोतर्फ, चीनबाट अमेरिकामा ठुलो मात्रामा इलेक्ट्रोनिक्स, कम्प्युटर र खेलौना निर्यात भए ।

विद्युतीय सवारी साधनका लागि अत्यावश्यक ब्याट्रीहरूको ठुलो मात्रा पनि अमेरिका निर्यात गरिएको थियो । अमेरिकी आयात (चीनबाट)को सबैभन्दा ठुलो क्याटागोरी स्मार्टफोन हो, जुन कुल उत्पादनको नौ प्रतिशत हो । यी स्मार्टफोनहरूको ठुलो हिस्सा अमेरिकास्थित बहुराष्ट्रिय कम्पनी एप्पलका लागि चीनमा बनाइएको हो । हालैका हप्तामा एप्पलको बजार मूल्यमा गिरावटको मुख्य कारकमध्ये एक चीनमा अमेरिकी कर पनि हो । एप्पल बजारको सेयर मूल्य गत महिनामा २० प्रतिशतले घटेको छ । ट्रम्प प्रशासनले बेइजिङमा पहिले नै लगाएको २० प्रतिशत करका कारण चीनबाट अमेरिकामा आयात गरिएका यी सबै वस्तु पहिले नै अमेरिकीका लागि धेरै महँगो हुने निश्चित थियो ।

अमेरिका र चीनको विश्वव्यापी अर्थतन्त्रमा धेरै ठुलो हिस्सा छ । यदि तिनीहरू पूर्ण व्यापार युद्धमा संलग्न भए र यसले आर्थिक वृद्धिलाई सुस्त बनायो वा मन्दीमा धकेल्यो भने त्यसले विश्वव्यापी वृद्धिलाई मन्द बनाएर अन्य देशको अर्थतन्त्रलाई हानि पुर्‍याउने सम्भावना छ । विश्वव्यापी लगानीमा पनि असर पुग्ने सम्भावना छ । त्यस्तै, अन्य सम्भावित असर पनि छन् ।

अहिलेसम्म चीनमा ट्रम्पको कर १४५ प्रतिशत पुगेको छ भने चीनको जवाफी भन्सार शुल्क ८४ प्रतिशत कायम गरिएको छ । यसको प्रभाव पाँच गुणा बढी हुन सक्छ । यसको असर अमेरिकालाई त पर्नेछ नै, चीन पनि अछुतो रहनेछैन । प्रतिशोधात्मक भन्सार शुल्कका कारण चीनमा हुने अमेरिकी आयात मूल्यमा वृद्धि हुनेछ, जसले अन्ततः चिनियाँ उपभोक्तालाई पनि त्यस्तै असर गर्नेछ । तर, भन्सार शुल्कबाहेक यी दुई देशले व्यापारमार्फत एक–अर्कालाई हानि पुर्‍याउन सक्ने अन्य तरिका पनि छन् ।

तामा र लिथियमदेखि अन्य दुर्लभ धातुलाई प्रशोधन गर्ने कार्यमा चीनको भूमिका महत्वपूर्ण छ । बेइजिङले यी धातुलाई अमेरिका पुग्ने बाटोमा अवरोध खडा गर्न सक्छ । यो उसले पहिले नै दुईवटा सामग्री (जर्मेनियम र ग्यालियम) को हकमा गरिसकेको छ । यी सामग्री सेनाले थर्मल इमेजिङ र राडारमा प्रयोग गर्छ । अमेरिकाको सवालमा भने उसले जो बाइडेनले सुरु गरेको चीनमाथिको प्राविधिक नाकाबन्दीलाई कठोर पार्ने प्रयास गर्न सक्छ, जसले गर्दा चीनलाई कृत्रिम बुद्धिमत्ताजस्ता अनुप्रयोगका लागि महत्वपूर्ण उन्नत माइक्रोचिपहरू आयात गर्न कठिन हुनेछ । यसले यस्ता माइक्रोचिप अझै पनि आफैँ उत्पादन गर्न सक्दैन । अमेरिकाले कम्बोडिया, मेक्सिको र भियतनामलगायत अन्य देशलाई चीनसँग व्यापार नगर्न दबाब दिन सक्ने डोनाल्ड ट्रम्पका व्यापार सल्लाहकार पिटर नभारोले यस साता संकेत गरेका छन् । 

यसले अन्य देशलाई कस्तो असर गर्छ ?
अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार अमेरिका र चीनको विश्वव्यापी अर्थतन्त्रमा धेरै ठुलो हिस्सा छ । यदि तिनीहरू पूर्ण व्यापार युद्धमा संलग्न भए र यसले आर्थिक वृद्धिलाई सुस्त बनायो वा मन्दीमा धकेल्यो भने त्यसले विश्वव्यापी वृद्धिलाई सुस्त बनाएर अन्य देशको अर्थतन्त्रलाई हानि पुर्‍याउने सम्भावना छ । विश्वव्यापी लगानीमा पनि असर पुग्ने सम्भावना छ । त्यस्तै, अन्य सम्भावित असर पनि छन् ।

चीन विश्वको सबैभन्दा ठुलो उत्पादक राष्ट्र हो । यसले आफ्नो जनसंख्याले घरेलु खपत गर्नेभन्दा धेरै उत्पादन गरिरहेको छ । यसले आयात गर्नेभन्दा बाँकी विश्वमा बढी सामान निर्यात गरिरहेको छ । उसले प्रायः घरेलु अनुदान र राज्यको वित्तीय सहयोगमा (जस्तै सस्तो ऋण) उत्पादनको वास्तविक लागतभन्दा कममा ती सामान उत्पादन गरिरहेको छ । स्टिल यसको उदाहरण हो । यदि त्यस्ता उत्पादन अमेरिकामा प्रवेश गर्न असमर्थ भए भने चिनियाँ फर्महरूले तिनीहरूलाई विदेशमा ‘डम्प’ गर्न सक्ने जोखिम छ । यो केही उपभोक्ताका लागि लाभदायक हुन सक्छ । अन्त्यमा चीन–अमेरिका व्यापार युद्धको प्रभाव विश्वव्यापी रूपमा महसुस गरिनेछ, धेरैजसो अर्थशास्त्रीले यो प्रभाव अत्यधिक नकारात्मक हुने अनुमान गरेका छन् । 

भन्सारको असर व्यापक
कति देशमा लगाइनेछ कर ?
ट्रम्पको नयाँ शुल्क लगाउन ह्वाइट हाउसले ५७ देश, क्षेत्र र व्यापारिक समूहको सूची जारी गरेको छ । जसका कारण यसको प्रभाव विश्वव्यापी हुने निश्चित छ । ५७ वटा देशबाहेक ट्रम्पले लगभग सबै अन्य अमेरिकी व्यापारिक साझेदारबाट आयातमा १० प्रतिशत कर पनि लगाएका छन् । कर भनेको आयातीत सामान र सेवामा सरकारले लगाउने शुल्क हो, जुन व्यवसायीले तिर्छन् । सामान्यतया स्थानीय उद्योगलाई सुरक्षित गर्नका लागि कर लगाइन्छ । 

तीन दिनमा १० ट्रिलियन डलर हानि 
ब्लुमबर्गका अनुसार ट्रम्पको कर शुल्कले तीन दिनको बजार घाटाले विश्वव्यापी इक्विटी भ्यालु (कम्पनीको कुल मूल्य)मा लगभग १० ट्रिलियन डलरको क्षति पु¥याएको छ । यो विश्वव्यापी कुल गार्हस्थ उत्पादनको लगभग १० प्रतिशत र १५० देशहरूको संयुक्त जिडिपीभन्दा बढी हो ।अमेरिकाका ५०० ठुला सार्वजनिक रूपमा कारोबार हुने कम्पनीको कार्यसम्पादन ट्र्याक गर्ने स्टक बजार सूचकांक एस एन्ड पी ५०० ले १९५० को दशकमा बेन्चमार्कको स्थापनापछि चार दिनमा सबैभन्दा गहिरो घाटा व्यहोरेको जनाएको छ ।

सुन, तेल र बिटक्वाइनमा कस्तो असर ?
सेयर बजारबाहेक बढ्दो अनिश्चितताबिच गत हप्ता सुन, कच्चा तेल र बिटक्वाइनको मूल्यमा गिरावट आएको छ । अनिश्चितताको समयमा सामान्यतया सुरक्षित सम्पत्ति मानिने सुनको माग हालैका महिनामा बढेको छ । भन्सार शुल्क घोषणापछि सुनको बजार सुरुमा बढेको थियो, प्रतिऔँस तीन हजार १६७ डलरको उच्चतम स्तरमा पुगेको थियो । यद्यपि, अप्रिल ७ मा यो दुई प्रतिशतले घटेर दुई हजार ९७७ डलरमा पुगेको थियो, जुन मंगलबार थोरै बढेर दुई हजार ९८४ डलरमा पुगेको थियो ।

 कर घोषणाको प्रारम्भिक प्रतिक्रियामा तेलको मूल्य सात प्रतिशतले घट्यो, त्यसपछि अप्रिल ५ मा थप दुई प्रतिशतले घट्यो । मंगलबारसम्ममा तेल प्रतिब्यारेल ४६० को आसपास स्थिर भएको थियो । त्यसपछि ४५७ भन्दा तल झरेको छ, जुन २०२१ पछिको सबैभन्दा कम हो । नयाँ सरकारको पालामा फस्टाउने अपेक्षा गरिएको बिटक्वाइन पनि गत हप्तामा ओरालो लागेको छ ।

(बिबिसी र अल जजिराबाट)