१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o९:२५:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

तेस्रो नेपाल सुपर लिग : चितवनलाई निराश बनाउँदै ललितपुर शीर्ष स्थानमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:२५:oo

साबिक विजेता ललितपुर सिटीले बिहीबार अपराजित रहेको एफसी चितवनलाई २–१ ले निराश बनाउँदै तेस्रो नेपाल सुपर लिगमा महत्वपूर्ण जित निकालेको छ । जितसँगै ललितपुर शीर्ष स्थानमा उक्लेको छ । चितवनको अपराजित यात्रामाथि पूर्णविराम लगाएको ललितपुरले चार खेलबाट ८ अंक जोडेको छ । दोस्रो स्थानमा झरेको चितवनले चार खेलबाट ७ अंक बटुलेको छ । ललितपुरको जितमा इमोह इजेकियल र मणिकुमार लामाले समान एक गोल गरेका थिए । प्रतिस्पर्धामा मणिकुमारले नै इमोहको गोलमा असिस्ट गरेका थिए । चितवनका लागि भिक्टर मानसेरले एक गोल फर्काए । 

दशरथ रंगशालामा ललितपुरले च्याम्पियन शैलीमा चितवनमाथि सुरुदेखि नै दबाब बनाएको थियो । खेलको तेस्रो मिनेटमै ललितपुरले १–० को अग्रता लियो । मणिकुमारले पोस्टभन्दा लगभग ३० यार्ड टाढाबाट प्रहार गरेको उत्कृष्ट फ्रिकिकमा इमोहले हेडिङ गोल गरेका थिए । यसअघि खेलको दोस्रो मिनेटमा चितवनका गोलरक्षक अमल नाइटले ललितपुरका इबाउविरुद्धको वान भर्सेज वानमा खतरा टालेका थिए । प्रतिस्पर्धाको १२औँ मिनेटमा ललितपुरका मणिकुमारले डिबक्सभित्रबाट प्रहार गरेको बललाई गोलरक्षक नाइटले बचाएका थिए । 

खेलको १२ मिनेटसम्म फर्ममा देखिएको चितवनले ललितपुरविरुद्ध खासै मुभ निकाल्न सकेन । अधिकांश समयमा ललितपुरले चितवनमाथि दबाब राखेको थियो । पहिलो हाफमा चितवनले इन्जुरी समयमा एक मात्र बराबरी गोल प्रयास गरेको थियो । इन्जुरी समयको पहिलो मिनेटमा शिशिर लेखीको पासमा भिक्टर मानसेरको हेडिङलाई गोलरक्षक जाफ्रे बाल्टसले बचाएका थिए । 

दोस्रो हाफमा चितवनको बराबरी गोल
दोस्रो हाफमा चितवनले खेलमा सुधार ल्यायो । खेलको ७५औँ मिनेटमा चितवनले १–१ को बराबरी गोल फर्कायो । भिक्टरले रिबाउन्डमा डिबक्सभित्र सहजै गोल गरी चितवनलाई जितको आशा दिलाए । भिक्टरले छिरिङ गुरुङको क्रसमा गोल गरेका हुन् । तर, ललितपुरले भिक्टरले गोल गरेको पाँच मिनेटपछि नै दोहोरो अग्रता लियो । खेलको ८०औँ मिनेटमा मणिकुमारले ललितपुरलाई २–१ को स्थितिमा राखे । प्रतिस्पर्धाको अन्तिम इन्जुरी समयमा ललितपुरले अग्रता लिने मौका खेर फाल्यो ।

अनिश घर्तीले चितवनका गोलरक्षकसँगको वान भर्सेज वानमा गोल गर्न सकेनन् । यसअघि ललितपुरले पोखरामाथि ३–२ को कठिन जित निकालेको थियो । लिगको उद्घाटन खेलमा ललितपुरले काठमाडौंसँग २–२ को बराबरी खेलेको थियो । ललितपुर धनगढीसँग गोलरहित बराबरीमा रोकिएको थियो । चितवनले पोखरामाथि २–० र बुटवल लुम्बिनीलाई १–० ले हराएको थियो । चितवन झापा एफसीसँग १–१ को बराबरीमा रोकियो ।