
लागुऔषधविरुद्ध उपत्यकामा प्रहरीले महाअभियान नै सुरु गरेको छ, यसको आवश्यकता किन पर्यो ?
लागुऔषधविरुद्ध जनेचनामूलक अभियान धेरै चले । तर, अझै यसलाई बृहत् बनाउन धेरै क्षेत्रलाई समेटर महाअभियान सुरु गरिएको हो । हामीले राजनीतिक दलका भ्रातृ संगठनसँग ‘एमओयू’ गरेरै सहकार्य गरेका छौँ । समाजले रोलमोडलका रूपमा हेरको कलाकार जगत्लाई पनि यसमा समेटेका छौँ । सञ्चार माध्यमहरूसँग पनि यसमा सहकार्य गरेका छौँ । स्थानीय तहदेखि समाजका अन्य धेरै क्षेत्रसँग मिलेर लागुऔषध दुव्र्यसनबाट समाजलाई मुक्त बनाउने उद्देश्यले यो कार्यक्रम गरिएको हो । महाअभियानअन्तगएत दुव्र्यसनमा फसेकालाई पनि सुधार केन्द्रमा पठाउनेदेखि परामर्श दिनेसम्मका गतिविधि समेटेका छौँ । यसका लागि जीवन विज्ञानसँग सहकार्य गरेका छौैँ ।
लागुऔषध हाम्रो समाज र देशमा ठुलै समस्या बन्न पुगेको हो ?
बरामद परिमाण हेर्ने हो भने पनि पहिलेभन्दा ठुलो संख्या देखिन्छ । प्रयोगकर्ताको संख्या पनि बढेकै देखिन्छ । अनेकौँ कारबाहीका बाबजुद कारोबार र दुव्र्यसन बढेकाले सचेतनाकै लागि महाअभियान सुरु गरिएको हो । दुव्र्यसनले शान्ति सुरक्षामा असर पारेको छ । नसाको सुरमा झैझगडादेखि हत्यासम्म भएका छन् । लागुऔषध किन्न पैसा चाहिन्छ, पैसा नभएपछि चोरीको अपराधमा लाग्छन् । परिवारमा कलह र तनाब बढेको छ । यसले डिप्रेसन हुँदै आत्महत्यासम्म गरेका छन् । व्यक्ति र परिवार मात्र होइन, यसले सिंगो देशलाई नै असर पारेको छ ।
यसको नियन्त्रण किन प्रभावकारी हुन नसकेको होला ?
यसका लागि खपत र मागमै नियन्त्रण आवश्यक छ । कानुनी कारबाहीलाई अझै प्रभावकारी बनाउनुपर्छ । संगठित प्रकृतिको अपराध भएकाले मुख्य कारोबारीसम्म पुग्न कठिन हुन्छ । समुदायमा चेतना बढ्यो भने धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ । त्यसका लागि समाजका सबै निकायको सहकार्य आवश्यक छ ।