१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २९ शुक्रबार
  • Friday, 18 April, 2025
२o८१ चैत २९ शुक्रबार o८:२५:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख टेकबहादुर तामाङलाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत २९ शुक्रबार o८:२५:oo

लागुऔषधविरुद्ध उपत्यकामा प्रहरीले महाअभियान नै सुरु गरेको छ, यसको आवश्यकता किन पर्‍यो ? 
लागुऔषधविरुद्ध जनेचनामूलक अभियान धेरै चले । तर, अझै यसलाई बृहत् बनाउन धेरै क्षेत्रलाई समेटर महाअभियान सुरु गरिएको हो । हामीले राजनीतिक दलका भ्रातृ संगठनसँग ‘एमओयू’ गरेरै सहकार्य गरेका छौँ । समाजले रोलमोडलका रूपमा हेरको कलाकार जगत्लाई पनि यसमा समेटेका छौँ । सञ्चार माध्यमहरूसँग पनि यसमा सहकार्य गरेका छौँ । स्थानीय तहदेखि समाजका अन्य धेरै क्षेत्रसँग मिलेर लागुऔषध दुव्र्यसनबाट समाजलाई मुक्त बनाउने उद्देश्यले यो कार्यक्रम गरिएको हो । महाअभियानअन्तगएत दुव्र्यसनमा फसेकालाई पनि सुधार केन्द्रमा पठाउनेदेखि परामर्श दिनेसम्मका गतिविधि समेटेका छौँ । यसका लागि जीवन विज्ञानसँग सहकार्य गरेका छौैँ । 

लागुऔषध हाम्रो समाज र देशमा ठुलै समस्या बन्न पुगेको हो ? 
बरामद परिमाण हेर्ने हो भने पनि पहिलेभन्दा ठुलो संख्या देखिन्छ । प्रयोगकर्ताको संख्या पनि बढेकै देखिन्छ । अनेकौँ कारबाहीका बाबजुद कारोबार र दुव्र्यसन बढेकाले सचेतनाकै लागि महाअभियान सुरु गरिएको हो । दुव्र्यसनले शान्ति सुरक्षामा असर पारेको छ । नसाको सुरमा झैझगडादेखि हत्यासम्म भएका छन् ।  लागुऔषध किन्न पैसा चाहिन्छ, पैसा नभएपछि चोरीको अपराधमा लाग्छन् । परिवारमा कलह र तनाब बढेको छ । यसले डिप्रेसन हुँदै आत्महत्यासम्म गरेका छन् । व्यक्ति र परिवार मात्र होइन, यसले सिंगो देशलाई नै असर पारेको छ । 

यसको नियन्त्रण किन प्रभावकारी हुन नसकेको होला ? 
यसका लागि खपत र मागमै नियन्त्रण आवश्यक छ । कानुनी कारबाहीलाई अझै प्रभावकारी बनाउनुपर्छ । संगठित प्रकृतिको अपराध भएकाले मुख्य कारोबारीसम्म पुग्न कठिन हुन्छ । समुदायमा चेतना बढ्यो भने धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ । त्यसका लागि समाजका सबै निकायको सहकार्य आवश्यक छ ।