१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २९ शुक्रबार
  • Friday, 18 April, 2025
२o८१ चैत २९ शुक्रबार o७:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

तस्करीको काठ बरामद गरे स्थानीयले, सामुदायिक वनका अध्यक्ष नै संग्लन रहेको आरोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत २९ शुक्रबार o७:oo:oo

दार्चुलाको मालिकार्जुन गाउँपालिका– ६ उकुस्थित मालिकार्जुन सामुदायिक वनबाट तस्करी भइरहेको काठ स्थानीयले बरामद गरेका छन् । मंगलबार राति राति ट्र्याक्टर र टिपरमा लोड गरेर तस्करी भइरहेको सालको १३० क्युबिक फिट काठ स्थानीयले जफत गरेका हुन् । 

मालिकार्जुन सामुदायिक वनका अध्यक्ष केशरसिंह महराले वनबाट काठ चिरानी गरेर व्यापारीलाई बिक्री गर्न खोजेको स्थानीयको आरोप छ । सामुदायिक वनका सदस्य हिरा पालका अनुसार ट्र्याक्टर र टिपरमा काठ लोड भइरहेको खबर आएपछि राति नौ बजे स्थानीय बासिन्दा पुगेका थिए । स्थानीय पुगेलगत्तै काठतस्करको पाँच–सातजनाको समूह भागेको उनले बताए । 

‘काठ काट्नैपर्ने भए पुर्जी बनाउनुपर्ने हो, पुर्जी दिइएको छैन,’ उनले भने, ‘ढलापढाकै काठ रहेछ भने पनि बिक्रीबारे सामुदायिक वनको समितिमा छलफल भएको छैन ।’ सामुदायिक वनकी सचिव इन्दु पालले पनि काठ कुन प्रयोजनका लागि काटिएको हो भनेर थाहा नभएको र अध्यक्षले सल्लाह नगरेको बताइन् । सामुदायिक वनका अध्यक्ष केशवसिंह महराले भने घरायसी प्रयोजनका लागि काठ काटिएको दाबी गरे । ‘काठ बिक्रीका लागि काटिएको होइन । घरमै प्रयोग गर्न काटिएको हो,’ उनले भने, ‘समितिमा पछि अनुमति लिउँला भनेरै नलगिएको हो ।’ 

वन कार्यालयले थाल्यो अनुसन्धान
वन कार्यालयले काठ तस्करीको घटनाबारे अनुसन्धान थालेको छ । जोलजीवी रेन्जपोस्टका रेन्जर मानबहादुर नाथको टोली बुधबार घटनास्थल पुगेर मुचुल्का बनाएको छ । काठ बोक्न प्रयोग गरिएको मिनीट्रक सुपप्र ००१ ख २४१० र ट्र्याक्टर सुपप्र ०१–००२ त ७१०६ रहेको उनले बताए । तर, काठ कसको भनेर अनुसन्धानपछि मात्रै थाहा हुने नाथले बताए । ‘बरामद गरिएको काठ सामुदायिक वनको जिम्मा छोडिएको छ । तस्करी अनुसन्धान हुन्छ,’ उनले भने । डिभिजन वन कार्यालयका प्रमुख लक्ष्मीराज जोशीले अनुमति नलिई काठ काटिएको पाइएको र अनुसन्धान भइरहेको बताए ।