१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ५ शुक्रबार
  • Saturday, 19 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख ५ शुक्रबार १७:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संघीय मामिलामन्त्री राजकुमार गुप्ता अमेरिका प्रस्थान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख ५ शुक्रबार १७:o४:oo

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता अमेरिका प्रस्थान गरेका छन्।

संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा आयोजना हुने आदिवासी जनजातिहरूका मुद्दासम्बन्धी संयुक्त राष्ट्रसंघीय स्थायी मञ्चको २४औँ सत्र ‘ट्वान्टी फोर्थ सेसन अफ द युनाइटेड नेसन्स पर्मानेन्ट फोरम अन इन्डिजिनियस इस्यु (युएन–पिएफआइआई)’मा सहभागी हुन उनी आज (शुक्रबार) त्यसतर्फ प्रस्थान गरेका हुन्।

मन्त्री गुप्ताले यही वैशाख ८ देखि १९ (अप्रिल २१ देखि मे २) सम्म आयोजना हुने सो कार्यक्रममा सहभागिता जनाउनेछन्। उनी वैशाख १९ गते स्वदेश फर्किने कार्यतालिका छ।

युएन–पिएफआइआई विश्वभरका आदिवासी जनजातिहरूको अधिकार र सरोकारलाई सम्बोधन गर्ने संयुक्त राष्ट्रसंघभित्रको एक निकाय हो। यसले आदिवासी जनजातिसँग सम्बन्धित मुद्दाहरूका लागि संयुक्त राष्ट्रसंघको प्रणालीभित्र समन्वयकारी निकायको रूपमा काम गर्दै आएको छ।

यस्तै, संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद् (इसिओएसओसी)को सल्लाहकारको रूपमा पनि यो निकायले काम गर्छ। युएन–पिएफआइआईमा आर्थिक तथा सामाजिक विकास, संस्कृति र वातावरण संरक्षण तथा शिक्षा, स्वास्थ्य र मानव अधिकारसँग सम्बन्धित मुद्दाहरूका विषयमा छलफल हुने बताइएको छ।

साथै, संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरू र संयुक्त राष्ट्रसंघको प्रणालीभित्र आदिवासी जनताको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र कार्यान्वयन गर्ने विषयमा राम्रो अभ्यासहरूको पहिचान र चुनौतीहरूको सम्बोधन गर्ने प्रयत्न यो फोरमले गर्नेछ।