१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o८:५४:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

तेस्रो नेपाल सुपर लिग : काठमाडौंको जितसँगै बुटवल बाहिरियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o८:५४:oo
  • विदेशी खेलाडी डिओपको एक मात्र गोलमा पूर्वविजेता काठमाडौंले बुटवललाई १–० ले निराश पा¥यो, चार खेलमा तीन हार सामना गरेको वुटबल प्ले अफबाट बाहिर

पहिलो संस्करणको विजेता काठमाडौं रेन्जर्सले मंगलबार नेपाल सुपर लिगमा पहिलो जित निकालेको छ । दशरथ रंगशालामा काठमाडौंले बुटवल लुम्बिनीलाई १–० को गोल झिनोअन्तरले हराएको हो । चार मध्ये तीन खेलमा हार सामना गरेको बुटबलको प्ले अफ खेल्ने सम्भावना समाप्त भएको छ । काठमाडौंले चार खेलमा एक जित, दुई बराबरी तथा एक हारको सामना गरी पाँच अंक जोडेको छ । जितका साथ काठमाडौं तेस्रो स्थानमा उक्लेको छ ।

बुटवलले ४ खेलमा १ अंक मात्र जोडेको छ । यो समीकरणमा बुटबल प्लेअफ समीकरणबाट बाहिरिएको हो । काठमाडौंको जितमा अमादोउ डिओपले निर्णायक एक मात्र गोल गरेका थिए । काठमाडौंले १० खेलाडीमा सीमित बुटवललाई पाखा लगाउन धेरै मिहिनेत गरेको थियो । कोजिएलोसँग उत्कृष्ट तालमेल मिलाउँदै डिओपले उत्कृष्ट गोल गरेका हुन् । तेस्रो संस्करणमा डिओपको यो दोस्रो गोल हो । यसअघि उनले साबिक विजेता ललितपुर सिटीविरुद्ध उद्घाटन खेलमा गोल गरेका थिए । 

प्रतिस्पर्धामा काठमाडौंका गोलरक्षक अभिषेक बराल र बुटवलका गोलरक्षक दीप कार्कीले उत्कृष्ट प्रदर्शन गरेका थिए । विशेषतः बुटबलका गोलरक्षक दीपले लगभग आधा दर्जनभन्दा बढी फ्रेममा आएको बललाई बचाउ गरी अन्तिम समयसम्म टोलीलाई गोल खानबाट रक्षा गरेका थिए । तर, डिओपको एक सटिक प्रहारलाई दीपले बचाउ गर्न नसक्दा बुटवल पराजित भएको हो । पहिलो तथा दोस्रो हाफमा काठमाडौं र बुटवलले आक्रामक रणनीति अपनाउँदा गोलरक्षकद्वय व्यस्त रहे । यस खेलमा स्पष्ट तीन अंक बटुल्न नसक्दा काठमाडौं र बुटवललाई प्ले अफमा स्थान बनाउने सम्भावना कमजोर बन्ने थियो । 

बराबरीले पनि प्ले अफमा पुग्ने आधार बलियो हुँदैनथ्यो । यसकारण नै दुवै टोली तीन अंकका लागि प्रतिस्पर्धा गरेका हुन् । काठमाडौंले पहिलो हाफमा दुई राम्रो मौका गुमाएको थियो । खेलको पाँचौँ मिनेटमा बुटवलका मनीष डाँगीले डिबक्सबाट प्रहार गरेको बल बारमा लागेको थियो । 

काठमाडौंका स्ट्राइकर टुरेले प्रहार गरेको बललाई गोलरक्षक दीपले बचाए । खेलको १२औँ मिनेटमा वुटबलका गोलरक्षक दीपले डियोपविरुद्धको वान भर्सेज वानमा उत्कृष्ट बचाउन गरेका थिए । खेलको ३२औँ मिनेटमा काठमाडौंका टुरेको पासमा भिन्सेन्ट कोजिएलोले गोल गर्न सकेनन् ।

दोस्रो हाफमा बुटवल १० खेलाडीमा
बुटवलले पनि प्राप्त अवसरमा काठमाडौंमाथि दबाब राखेको थियो । खेलको ३८औँ मिनेटमा बुटवलका केन्ट हारले पेनाल्टी क्षेत्रबाट प्रहार गरेको बललाई गोलरक्षक अभिषेकले गोल हुनबाट बचाए । प्रतिस्पर्धामा डियोपको एक सटीक प्रहारलाई गोलरक्षक दीपले विफल पारेका थिए । 

५३औँ मिनेटमा काठमाडौंका डियोपले पेनाल्टी क्षेत्र बाहिरबाट प्रहार गरेको बल क्रसबारमा ठोक्किएर बाहिरियो । खेलको ७१औँ मिनेटमा बुटवल १० खेलाडीमा सीमित भएको थियो । बुटवलका डिफेन्डर सुमन श्रेष्ठले काठमाडौंका अलिजोनलाई मुक्का हानेपछि रेफ्री प्रज्वल क्षेत्रीले सीधै रातो कार्ड देखाए । त्यसपछि बुटवलले बाँकी समय १० खेलाडीमा प्रतिस्पर्धा गरेको हो । खेलको ८७औँ मिनेटमा आशिष चापागाईंले वान भर्सेस वानमा सहज गोल अवसर खेर फालेका थिए । दुवै टोलीका गोलरक्षकले अन्तिम इन्जुरी समयमा पनि विपक्षीमा उत्कृष्ट गोल प्रयासलाई विफल पारेका थिए ।