१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ६ शनिबार
  • Saturday, 19 April, 2025
२o८२ बैशाख ६ शनिबार १o:२६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

लुम्बिनीमा एक महिनामा ४०२ सवारी दुर्घटना, ३६ जनाको मृत्यु, ७४५ जना घाइते

१८ हजार ३४३ कारवाहीमा, १ करोड ७५ लाख राजश्व संकलन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख ६ शनिबार १o:२६:oo

लुम्विनी प्रदेशमा गत चैत महिनामा मात्रै चार सय दुई सवारी दुर्घटना भएका छन् । यी दुर्घटनामा परी ३६ जनाले ज्यान गुमाएका छन् भने सात सय ४५ जना घाइते भएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार यो अवधीमा ट्राफिक नियम उल्लंघन गर्ने १८ हजार भन्दा पनि धेरै सवारी साधन कारवाहीमा परेका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीका अनुसार चैतमा १८ हजार तीन सय ४३ सवारी साधन कारवाहीमा परेका छन् । यी  कारवाहीबाट एक करोड ७५ लाख २८ हजार एक रुपैयाँ राजश्व संकलन भएको छ ।

ध्वनी प्रदुषण गर्ने एक सय ७३ मोटरसाइकलधनीलाई १० हजारका दरले जरिवानाध्वनी प्रदुषण गर्ने मोटरसाइकल कारवाहीलाई पनि टाफिक प्रहरीले प्रथामिकतामा राखेको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका सुचना अधिकारी समेत रहेका प्रहरी नायव उपरिक्षक मधुसुधन न्यौपानेका अनुसार लुम्बिनी प्रदेशमा साउन देखि चैत मसान्तसम्ममा १७३ वटा मोटर साइकलधनिलाई १० हजारका दरले जरिवाना गरिएको छ ।

 सडकमा ध्वनी प्रदुषण गरेको पायएपछि यी मोटरसाइकल नियन्त्रणमा लिएर कारवाही अगाडि बढाएको प्रहरीले जनाएको छ । चैत महिनामा मात्रै यस्ता २६ वटा मोटरसाइकल कारवाहीमा परेका छन् । ध्वनी प्रदुषण गर्ने मोटरसाइकललाई नियन्त्रणमा लिएर कारवाहीका लागि यातायात व्यवस्था कार्यालयमा पठाइने गरिएको प्रहरीले जनाएको छ । यस्ता मोटरसाइकललाई १० हजारका दरले जरिवाना गरिन्छ । एक सय ७३ वटा मोटरसाइकलबाट १७ लाख ३० हजार राजश्व संकलन भएको प्रहरीको भनाइ छ ।

त्यस्तै टाफिक प्रहरीले ओभरलोड नियन्त्रणका लागि चार सय ५२ वटा मालवाहक सवारीको भार मिलान पनि गराएको जनाएको छ ।प्रहरीले दुर्घटना न्यूनिकरण गर्न ठाउ ठाउमा जनचेतना मुलक कार्यक्रम गरिएको जनाएको छ । चैत महिनामा मात्रै एक हजार ८ सय ८ पटक कार्यक्रम गरिएको प्रहरीले जनाएको छ । ती कार्यक्रममा एक  लाख तीन हजार पाँच सय ७५ जना लाभान्वित भएको तथ्यांक प्रहरीसँग छ ।