मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 08 April, 2025
Invalid date format १७:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मकवानपुरमा युवकको हत्या आशंकामा सातजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:३८:oo

मकवानपुर प्रहरीले एक युवकको हत्याको आशंकामा सातजनालाई पक्राउ गरेको छ। मकवानपुर प्रहरीका अनुसार बुधबार बिहान जिल्लाको पूर्वी बागमती गाउँपालिकामा सडकछेउमा घोप्टो परेको अवस्थामा एक युवकको शव फेला परेको थियो।

मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार उक्त शव हेटौँडा उपमहानगरपालिका– १६ का ३८ वर्षीय मिलन दंगालको हो। उनका अनुसार दंगालको शव बागमती गाउँपालिका–८, भुवनचुतीस्थित हेटौँडा–धरान–चतरा सडकको नालामा घोप्टो परेको अवस्थामा फेला परेको थियो।

मृत फेला परेका दंगालको टाउकोमा चोट रहेको र उनको शव रहेको छेवैमा रगत लतपतिएको देखिएकाले उनीमाथि कसैले आक्रमण गरेको हुन सक्ने प्रवक्ता अर्यालले बताए।

पक्राउ परेकाहरूसँग दंगालको झगडा परेको हुन सक्ने उनको भनाइ छ। झगडामा संलग्न भएकाे आशंकामा सातजनालाई पक्राउ गरी अनुसन्धान थालिएको प्रवक्ता अर्यालले बताए।