मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १६ शनिबार
  • Monday, 31 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत १६ शनिबार १६:२३:oo
Read Time : < 1 मिनेट
समाचार

काठमाडौं महानगरद्वारा पूर्वराजा ज्ञानेन्द्रलाई लाखौँ जरिवाना 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत १६ शनिबार १६:२३:oo

ज्ञानेन्द्र शाहका नाममा काठमाडौं महानगरपालिकाले ७ लाख ९३ हजार जरिवाना हुने गरी निर्मलनिवासमा बिल पठाएको छ। काठमाडौं- ३२, तीनकुनेमा शुक्रबार राजावादी आन्दोलनका दौरान सार्वजनिक स्थानमा फोहोर मैला गरेको, सार्वजनिक सम्पत्ति तोडफोड गरी क्षति गरेको, भौतिक संरचना भत्काएको, निजी सम्पत्तिमा हानी गरेकोसहितका शीर्षकमा जरिवाना-पत्र शनिबार काटिएको छ।

विभिन्न ८ वटा कसुरमा महानगरपालिकाले छुट्टाछुट्टै जरिवाना तिराउने निर्णय गरेको छ। 

कोटेश्वरको सडक तथा सडकपेटीमा फोहोर गरेकोमा एक लाख, महादेवस्थानको सडक तथा सडकपेटीमा फोहोर गरेकोमा एक लाख, तीनकुनेको सडक तथा सडकपेटीमा फोहोर गरेकोमा एक लाख, जडीबुटीको सडक तथा सडकपेटीमा फोहोर गरेकोमा एक लाख, बालकुमारीको सडक तथा सडकपेटीमा फोहोर गरेकोमा एक लाख तथा दमकल तोडफोड गरेकोमा एक लाख ३० हजार र तीनकुेनमा रुख, बिरुवा र रेलिङ तोडफोड गरेकोमा ६३ हजार तिराउन निर्मलनिवासमा पत्राचार गरिएको छ।