
नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चैत्र १५ गते नेपालको इतिहासमा दर्ज भइसकेको बताएका छन् । एकातिर गणतन्त्रवादीको सभा, अर्कोतिर राजवादीको प्रतिगामी सभा पारिएको छ, भन्दै समाजवादी मोर्चाले चैत १५ गतेका लागि जनसभा घोषणा गरिसकेपछि पनि राजावादीहरु देशमा आराजकता फैलाउन सभा गरेको टिप्पणी गरे ।
चार दलको समाजवादी मोर्चाले शुक्रबार काठमाडौँमा आयोजना गरेको जनसभामा अध्यक्ष प्रचण्डले इतिहासलाई पछाडि फर्काउने दुस्साहस नगर्न आग्रह गरे । मधेशी, आदिवासी जनजाति, मजदुर युद्धबाट खारिएर आएका कारण अब गणतन्त्रबाट कुनै पनि हालतमा पछाडि नफर्किने दावी गर्दै उनले इतिहास कहिले पछाडि नफर्के बताए ।