मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १५ शुक्रबार
  • Monday, 31 March, 2025
२o८१ चैत १५ शुक्रबार १५:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पूर्वराजा ज्ञानेन्द्र शाहलाई अर्को गल्ती नगर्न प्रचण्डको चेतावनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत १५ शुक्रबार १५:३८:oo

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अर्को गल्ती नगर्न चेतावनी दिएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले नेपाली जनता र राजनीतिक दललाई कमजोरी ठानेर इतिहासमा फर्कने दुस्साहस नगर्न आग्रह गरेका छन् ।

‘नेपाली जनता र राजनीतिक दललाई कमजोरी ठानेर इतिहासमा फर्कने दुस्साहस नगरियोस् । विगतमा उनले धेरै गल्ती गरे,’ प्रचण्डले भने, ‘त्यो गल्तीको परिणाम भोगिरहेकै छन् । अब अर्को गल्ती गरे भने उनले भोग्न बाँकी केही रहँदैन ।’