मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १५ शुक्रबार
  • Monday, 31 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत १५ शुक्रबार १५:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निरंकुश राजतन्त्रको पुनरागमन सम्भव छैन : पम्फा भुसाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत १५ शुक्रबार १५:o६:oo

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रकी नेता पम्फा भुसालले निरंकुश राजतन्त्रकाे पुनरागमन सम्भव नभएको दाबी गरेकी छन् । समाजवादी मोर्चाद्वारा शुक्रबार (आज) काठमाडौंको प्रदर्शनीमार्गमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

‘मान्छे मरेपछि फेरि बाँच्न सक्दैन । निरंकुश राजतन्त्रको पुनरागमन सम्भव छैन,’ भुसालले भनिन् । नागरिक दोस्रो दर्जाको नागरिक हुन इच्छुक नभएको उनले बताइन् । ‘नागरिक वर्गको अधिकार छाडेर सामन्ततिर फर्किनेवाला छैनन्,’ उनले भनिन् ।

उनले सरकारले पनि आगोमा घिउ थप्ने काम गरिरहेको टिप्पणी गरेकी छिन् । ‘सरकारले पनि आफूलाई सच्याऊ र सुशासनको अभियान अगाडि बढाऊ । आगोमा घिउ थप्ने काम मात्रै गरेर नबस,’ उनले भनिन् । उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनावमार्फत आउन चुनौतीसमेत दिइन् । भुसालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई दल खोलेर राजनीतिक प्रतिस्पर्धामा आउन चेतावनी दिइन् ।

भुसालले पूर्वराजा ज्ञानेन्द्रले आफू नागरिकसरहको हैसियतमा मात्र रहेको नबिर्सन आग्रह गरिन् । ‘पूर्वराजा ज्ञानेन्द्रलाई राजनीतिको रहर छ भने आफैँ दल खोल अथवा राप्रपाबाट आऊ । दुईतिहाइ ल्याएर राष्ट्रपति र प्रधानमन्त्री बन,’ उनले भनिन् ।