मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 April, 2025
रासस मुस्ताङ
Invalid date format १८:o६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मुस्ताङ जिल्ला अदालतमा ६७ प्रतिशत मुद्दा फर्स्योट

Read Time : > 1 मिनेट
रासस, मुस्ताङ
नयाँ पत्रिका
Invalid date format १८:o६:oo

जिल्ला अदालत मुस्ताङमा चालु आव २०८१/८२ को नौ महिनामा ६६.६७ प्रतिशत मुद्दा फर्छ्यौट भएको छ। गत आर्थिक वर्षबाट चालु वर्षमा जिम्मेवारी सरेका र चालु वर्ष नयाँ दर्ता भएका कूल ३३ थान मुद्दामध्ये २२ थान मुद्दा जिल्ला अदालतबाट फर्छ्यौट भएको हो।

जिल्ला अदालतका श्रेस्तेदार दिव्यराज घिमिरेका अनुसार गत वर्ष जिम्मेवारी सरेका र चालु वर्ष नयाँ दर्ता भएका देवानी मुद्दा १७ थानमध्ये १५ थान मुद्दा फर्छ्यौट भएको छ। यस्तै, गत वर्ष र चालु वर्षका कूल १६ थान फौजदारी मुद्दामध्ये सात थान मुद्दा फर्छ्यौट भइसकेको घिमिरेले जानकारी दिए।

उनका अनुसार मुस्ताङ अदालतमा देवानीतर्फ दुई थान र फौजदारीतर्फ नौ थान गरी कूल ११ थान मुद्दा फर्छ्यौट हुन बाँकी छ। मुस्ताङ जिल्ला अदालतबाट गत आवमा दर्ज भएका देवानीतर्फका दुई थान मुद्दामध्ये दुई वटै फर्छ्यौट भएका छन्। गत वर्षदेखि चालु वर्ष जिम्मेवारी सरेको अंशसम्बन्धी एक र सम्बन्धविच्छेद एक गरी दुई थान मुद्दा यस वर्ष फर्छ्यौट भएको अदालतका श्रेस्तेदार घिमिरेले बताए।

यसैगरी गतवर्ष दर्ता भएका आठ थान फौजदारी मुद्दामध्ये चार थान मुद्दा चालु वर्ष फर्छ्यौट भएको र बाँकी चार थान मुद्दा फर्छ्यौट हुन नसकी चालु आर्थिक वर्षमा जिम्मेवारी सरेको घिमिरेको भनाइ छ। मुस्ताङ जिल्ला अदालतमा चालु आवमा देवानीतर्फ १५ थान मुद्दा दर्ता भएका छन्। जसमध्ये १३ थान फर्छ्यौट भएको छ भने दुई थान फर्छ्यौट हुन बाँकी छ।

चालु वर्ष दर्ता भएका देवानी मुद्दातर्फ सबैभन्दा बढी सम्बन्धविच्छेदका १३ थान मुद्दा रहेकामा शतप्रतिशत मिलापत्रमार्फत् फर्छ्यौट भएको श्रेस्तेदार घिमिरेले जानकारी दिए। मुस्ताङ अदालतबाट कूल १५ थान देवानी मुद्दामध्ये नाता कायम र अंश लेनदेनसम्बन्धी मुद्दा अदालतबाट फर्छ्यौट हुन बाँकी छ।

श्रेस्तेदार घिमिरेका अनुसार देवानीतर्फको नाता कायमसम्बन्धी मुद्दा अदालतबाट मेलमिलाप कक्षमा पठाइएको छ। चालु आवमा आठ थान फौजदारी मुद्दामध्ये तीन थान फौजदारी मुद्दा अदालतबाट फर्छ्यौट भइसकेको उनको भनाइ छ।

चालु आवको हालसम्म सवारी ज्यान मुद्दा दुई थान र चोरी कसूर एक थान गरी तीन थान मुद्दा फर्छ्यौट भएको श्रेस्तेदार घिमिरेले बताए। उनका अनुसार मुस्ताङ अदालतमा आत्महत्या दुरूत्साहन एक, सवारी ज्यान दुई ,चोरी एक र जबर्जस्ती करणी एक गरी पाँच थान मुद्दा फर्छ्यौट हुन बाँकी छ। फौजदारीतर्फ एकजना पूर्पक्ष थुनुवा, एकजना धरौटी बुझाउन नसकी थुनुवा र दुईजना तारिखमा रिहा भएका छन्।