Skip This
साढे तीन दशकपछि सिंगापुरविरुद्ध खेल्दै नेपाल
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 22 May, 2025
सिंगापुरविरुद्ध मैत्रीपूर्ण खेलमा सहभागी हुने नेपाली राष्ट्रिय पुरुष फुटबल टोली । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
Invalid date format o७:२७:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

साढे तीन दशकपछि सिंगापुरविरुद्ध खेल्दै नेपाल

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:२७:oo
  • किंग्स कपको एक र फिफा विश्वकप छनोटमा दुई गरी नेपाल र सिंगापुरबिच तीनवटा अन्तर्राष्ट्रिय खेल भएका छन्, सिंगापुरले नेपालको पोस्टमा १२ गोल गरेको छ

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले शुक्रबार सिंगापुरविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै छ । नेपाल र सिंगापुरबिचको अन्तर्राष्ट्रिय खेल ३६ वर्षपछि हुन लागेको हो । सन् १९८२ मा नेपालले पहिलोपटक किंग्सकपमा सिंगापुरविरुद्ध प्रतिस्पर्धा गरेको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले एसिया तथा विश्वकप छनोटको तयारीस्वरूपमा सिंगापुरसँगको मैत्रीपूर्ण खेलमा नेपाली टोलीलाई सहभागी गराएको हो । ८ चैतमा सिंगापुरसँगको खेलपछि नेपाली टोलीले १२ चैतमा मलेसियाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । 

फिफा वरीयतामा सिंगापुर १६० र नेपाल १७५औँ स्थानमा छ । सिंगापुर नेपालभन्दा १५ स्थान माथि छ । नेपाली टोलीमा नौ महिनापछि मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका अस्ट्रेलियन म्याट रोसको यो नै पहिलो आधिकारिक खेल हुनेछ । गत फागुनमा एन्फाले रोसलाई राष्ट्रिय पुरुष टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो । प्रो लाइसेन्स प्राप्त रोससँग जर्मनी, दक्षिण कोरिया र साउदी अरेबियामा प्रशिक्षण गरेको अनुभव छ । 

प्रशिक्षक रोसले मुख्य प्रशिक्षकका रूपमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल राम्रो हुने बताएका छन् । ‘सिंगापुरमा राम्रो नतिजा निकाल्न योजनाका साथ प्रतिस्पर्धा हुनेछ,’ मंगलबार एन्फाले आयोजना गरेको बिदाइमा रोसले भने, ‘हामीहरूको तयारी राम्रो भएको छ ।’ नेपालको एक मात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता नपाउँदा एसिया कप तथा विश्वकप छनोटका खेल मलेसियामा हुन लागेको हो । 

यद्यपि, गत फागुनमै रंगशालामै महिला टोलीको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता भएको थियो । तर, पुरुषतर्फको होम खेललाई एएफसीले अन्तर्राष्ट्रिय मान्यता प्रदान गरेन । एन्फाले पनि एएफसीसमक्ष आवश्यक कागजी प्रक्रिया पूरा गरेन । नेपालले मलेसियामा एएफसी एसियन कप २०२७ को छनोट चरणको अन्तिम चरणका खेल खेल्ने छ । मलेसियामै नेपालले होम एन्ड अवे खेल खेल्ने छ । यो खेललाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त छ । 

सिंगापुरसँगको तीन खेल जितविहीन
नेपाल र सिंगापुरबिच आधिकारिक रुपमा तीन अन्तर्राष्ट्रिय खेल भएका छन् । नेपालले तीन खेलमा १२ गोल व्यहोरेको छ । नेपालले सिंगापुरको पोस्टमा एक गोल पनि फर्काएको छैन । सन् १९८२ मा बैंककमा भएको किंग्स कपमा नेपाल र सिंगापुरबिच पहिलो अन्तर्राष्ट्रिय खेल भएको थियो । सन् १९८९ को ५ मेमा विश्वकप छनोटमा नेपाल र सिंगापुरबिच खेल भएको थियो । पहिलो खेलमा नेपाल ३–० गोलले पराजित भयो । सो खेलमा सिंगापुरका लागि हुसेन अहमेदले दुई तथा पेङ कीले एक गोल गरेका थिए । नेपाली टोलीमा अजर अधिकारी, मानबहादुर मल्ल, मणिविक्रम शाह, राजुमान तुलाधर, राजेश मानन्धर, उमेश प्रधान, ज्ञानीराज शर्मा, श्रीराम रञ्जितकार, अनिलबहादुर रूपाखत्री, राजुकाजी शाक्य र गणेश थापा थिए । सन् १९९० को इटालीमा भएको विश्वकपअन्तर्गत एसियन छनोटको दोस्रो खेलमा नेपाल सिंगापुरसँग ७–० ले पराजित भएको थियो । ५ जुनमा भएको खेलमा नेपालविरुद्ध सिंगापुरका मोसोभिटोले ६ गोल गरेका थिए । यस खेलमा नेपाली टोलीमा मानबहादुर मल्ल, शम्भु बास्तोला, राजेश मानन्धर, धीरेन्द्र प्रधान, उमेश प्रधान, श्रीराम रञ्जितकार, विराटजंग शाह, मणि शाह, राजुकाजी शाक्य, विज्ञानराज शर्मा र गणेश थापा थिए ।

नेपाली टोलीमा तीन नयाँ खेलाडी
प्रशिक्षक रोसले युवा खेलाडीलाई प्राथमिकतामा राखी तीन नयाँ खेलाडीलाई टोलीमा समावेश गरेका छन् । उनले गोलरक्षकमा अञ्जल श्रेष्ठ, डिफेन्समा सुमन श्रेष्ठ र स्ट्राइकरमा सुवास ठकुरी बमलाई पहिलोपटक राष्ट्रिय टोलीमा राखेका छन् । नेपालका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले घरेलु मैदानमा खेल खेल्न नपाएकोमा खल्लो लागेको बताए । एएफसी एसियन कप २०२७ को छनोट चरणको अन्तिम चरणमा नेपाल समूह ‘एफ’मा छ ।

नेपाली टोली 

गोलरक्षक : किरण चेम्जोङ, दीप कार्की, अञ्जल श्रेष्ठ  

डिफेन्डर : अनन्त तामाङ, विमल पाण्डे, सनिश श्रेष्ठ, रन्दिप पौडेल, सुमित श्रेष्ठ, अभिषेक लिम्बू, सुमन श्रेष्ठ  

मिडफिल्डर : रोहित चन्द, लकेन लिम्बू, रोहन कार्की, मणी लामा, भरत खवास, एरिक विष्ट, मनीष डाँगी, कृतिशरत्न छुन्जु, आयुष घलान  

स्ट्राइकर : जिलेस्पीजंग कार्की, अञ्जन विष्ट, सुवास ठकुरी बम, रेजिन सुब्बा