मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ५ मंगलबार
  • Tuesday, 18 March, 2025
२o८१ चैत ५ मंगलबार १८:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मकवानपुरगढीमा आगलागीबाट १० लाखभन्दा बढीको क्षति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत ५ मंगलबार १८:१२:oo

मकवानपुरको मकवानपुगढी गाउँपालिका वडा नम्बर २ बाँसपानीमा स्थानीयको घरमा लागेको आगोबाट झण्डै १० लाख रुपैयाँ बढीको धनमाल क्षति भएको छ। मकवानपुर प्रहरीका अनुसार स्थानीय कृष्णबहादुर दर्लामी मगरको घरमा मंगलबार दिउँसो आगलागी भएको हो।

आगलागीबाट १५ मुरी धान, एक बोरा चामल, चार बोरा आलु, सुनको तिलहरी, झुम्का, हातको बाला, बच्चाको कल्ली बालासमेत गरी पाँच तोला सुन, लत्ताकपडा र भाँडावर्तन गरी १० लाख बढीको क्षति भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए।

घरधनी दर्लामीका अनुसार घरमा खोले पकाउन बालेको आगोबाट आगलागी भएको प्रहरी प्रवक्ता अर्यालले बनाए। दर्लामीको जस्ताको छाना भएको ढुंगामाटोले बनेको दुईतल्ले कच्ची घरमा आगलागी भएको हो। आगलागीबाट उनको घर जलेर पूर्ण रुपमा क्षति भएको छ।

आगलागीको खबर पाउनासाथ ईलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्रहरी निरीक्षक वीरेन्द्र रायमाझीको नेतृत्वमा गएको प्रहरी टोलीले स्थानीयको सहयोगमा आगो निभाए पनि घर पूर्ण रुपमा जलेको छ। आगलागीमा परी मानवीय र चौपाया क्षती भने नभएको प्रवक्ता अर्यालले जानकारी दिए।