मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ४ सोमबार
  • Monday, 17 March, 2025
मोहन विष्ट कञ्चनपुर
२o८१ चैत ४ सोमबार १८:२१:oo
Read Time : < 1 मिनेट
समाचार

सुदूरपश्चिमका ५८ हजार ९४३ विद्यार्थीले एसइई दिँदै, छात्रभन्दा छात्रा धेरै

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ चैत ४ सोमबार १८:२१:oo

यस वर्ष सुदूरपश्चिम प्रदेशबाट ५८ हजारभन्दा बढी विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सामेल हुँदै छन्। शिक्षा विकास निर्देशनालय दिपालय डोटीका अनुसार बिहीबारदेखि सुरु हुने परीक्षामा ५८ हजार ९४३ विद्यार्थी हुन लागेका छन्। 

०८० मा सुदूरपश्चिमबाट ५५ हजार १० विद्यार्थीले एसइईमा सहभागी भएका थिए। शिक्षा विकास निर्देशनालय दिपालय डोटीको तथ्यांक अनुसार परीक्षार्थीमध्ये ३० हजार ८७७ छात्रा र २८ हजार ६६ छात्र रहेका छन्। नौवटै जिल्लाका २२६ परीक्षा केन्द्रमार्फत नियमिततर्फ ४४ हजार २९४, ग्रेटवृद्धि १२ हजार २५५ प्राविधिक धारतर्फ दुई हजार चार सय विद्यार्थी रहेका छन्। 

५४ परीक्षा केन्द्र रहेको कैलालीमा सबैभन्दा बढी १९ हजार ४८८ विद्यार्थी, ३७ परीक्षा केन्द्र रहेको कञ्चनपुरमा ११ हजार ३०१ विद्यार्थी, १३ परीक्षा केन्द्र रहेको डडेल्धुरा २८ हजार २ विद्यार्थी, १५ केन्द्र रहेको डोटीमा ४ हजार ६२ विद्यार्थी, २६ केन्द्र रहेको अछाममा ५ हजार २९, १७ केन्द्र रहेको बाजुरामा ३ हजार १८ विद्यार्थी, २० केन्द्र रहेको बझाङमा ४ हजार ६४४ विद्यार्थी, २७ परीक्षा केन्द्र रहेको बैतडीमा ५३ हजार ६२ र १७ केन्द्र रहेको दार्चुलामा तीन हजार  ३७ विद्यार्थी एसइईमा सहभागी हुन लागेका छन्।

शिक्षा विकास निर्देशनालय दिपालय डोटीका शिक्षा निर्देशक दुर्गादत्त विष्टका अनुसार नौवटै जिल्लामा परीक्षाको तयारी अन्तिम चरणमा पुगेको छ। सबै शिक्षा विकास तथा समन्वय इकाइ केन्द्र, परीक्षा केन्द्राध्यक्षहरूलाई अभिमुखीकरण गराइएको छ। परीक्षा निष्पक्ष, भयरहित शान्त वातावरण सम्पन्न गरिने निर्देशक विष्टले बताए।