१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ४ सोमबार
  • Friday, 18 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत ४ सोमबार १७:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमालेले भन्यो : गणतन्त्र उल्ट्याउने प्रयास सफल हुँदैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत ४ सोमबार १७:o६:oo

नेकपा एमालेले लोकतान्त्रिक गणतन्त्र स्थापनाको जनताको फैसलालाई उल्ट्याउने प्रयास सफल नहुने बताएको छ । सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले पूर्व राजावादी समूहले गणतन्त्रविरुद्ध गर्न खोजेको मोर्चाबन्दी र अभियानविरुद्ध विशेष प्रस्ताव पारित गर्दै प्रयास सफल नहुने स्पष्ट पारेको हो । 

‘केही समययता लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानविरुद्ध भइरहेका सुनियोजित गतिविधिहरुप्रति नेकपा एमालेको गम्भीर ध्यानाकर्षण भएको छ’ प्रस्तावमा भनिएको छ,‘लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको सात दशक लामो वलिदानी संघर्षको परिणति हो ।

विगतमा आन्दोलनको क्रममा गरिएका सहमति विपरित राजतन्त्र पटक–पटक जनताका अधिकारमाथि आक्रमण र सर्वसत्तावादतर्फ उद्यत भएपछि राजतन्त्र र लोकतन्त्र सँगसँगै जान सक्दैनन भने निष्कर्षका साथ ऐतिहासिक संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएको हो ।

जनताको यस फैसलालाई उल्ट्याउने र मुलुकलाई पश्चगामी दिशामा फर्काउने कुनै पनि प्रयास सफल हुन सक्दैन भन्ने कुरा स्पष्ट छ ।’ एक्काईशौं सताब्दीमा पनि वंशगत शासनको बहस आफैमा हास्यस्पद, हानिकारक र निरर्थक विषय भएको एमालेले निष्कर्ष निकालेको छ ।