मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २५ आइतबार
  • Wednesday, 26 March, 2025
२o८१ फाल्गुण २५ आइतबार o९:o९:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

नेपाल विद्यार्थी  संघका पूर्वअध्यक्ष गुरुराज घिमिरेलाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण २५ आइतबार o९:o९:oo

विद्यार्थी संगठनको ब्यानरमुनि शैक्षिक संस्थामा तोडफोड किन भइरहन्छ ?
पछिल्लो समयमा नेपाली विद्यार्थी आन्दोलनले आफ्नो मूल चरित्र गुमाएको छ । राजनीतिक परिवर्तनका लागि गरिने आन्दोलनहरूमा सहभागी हुनु, आन्दोलनलाई हाँक्नु, त्यसका लागि विद्यार्थी जनमत तयार गर्नु अवपादको विषय हो । यो जरुरी पनि हुन्छ । तर, यसबाहेक विद्यार्थी आन्दोलनले जहिल्यै सामुदायिक हित र विद्यार्थीका शैक्षिक उन्नयनका लागि काम गर्नुपर्छ । कुनै पनि बहानामा शैक्षिक संस्थामा तोडफोड गर्ने, शैक्षिक गतिविधिमा अवरोध पुर्‍याउने जस्ता गतिविधिमा विद्यार्थी संलग्न हुनु दुःखको विषय हो । 

यस्ता घटनामा विद्यार्थी संगठनले मलजल गरिरहेका त छैनन् ?
विद्यार्थी संगठनको हिँड्ने आफ्नै बाटो हुन्छ । भद्र, शान्तिपूर्ण र प्राज्ञिक बाटो नै विद्यार्थी संगठनको मूल मार्ग हो । तर, अहिलेका विद्यार्थी संगठन यो बाटोभन्दा बाहिरैबाट हिँडिरहेका छन् । यो हाम्रो शिक्षा क्षेत्रमा भइरहेको अति राजनीतिकरणको ‘बाइप्रोडक्ट’ हो । जब राजनीतिक दल र विद्यार्थी संगठनहरूले आफ्नो मूलबाटो बिर्सिन्छन्, तब विद्यार्थीले चाहिँ कसरी सही बाटो समातून् ?

शैक्षिक संस्थामा यस्ता गतिविधि रोक्न सकिन्न ?
विद्यालयलाई त हामीले उहिल्यै शान्तिक्षेत्र घोषणा गरेकै हौँ । विद्यालयसँगै सम्पूर्ण शैक्षिक संस्थामा पनि शान्तिपूर्ण गतिविधि नै हुनुपर्ने हो । किनकि, शिक्षण संस्था भनेका देशको दिशा निर्धारण गर्ने संस्था हुन् । तिनै संस्थामा खलबली मच्चाउने र आफ्नो धर्मबाट च्युत हुने राजनीतिक बाटो विद्यार्थी संगठन र स्वयं राजनीतिक दलहरूले पनि बदल्नैपर्छ । यस्ता गतिविधिमा सुधार भएन भने समग्र शैक्षिक संस्थाकै भविष्य अन्योलपूर्ण बन्न सक्छ ।