मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २२ बिहीबार
  • Thursday, 06 March, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ फाल्गुण २२ बिहीबार १६:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गौशाला धर्मशालामा महानगरसँगको सम्झौता खारेज, फेरि मारवाडी समितिले नै सञ्चालन गर्ने बाटाे खुल्याे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ फाल्गुण २२ बिहीबार १६:५o:oo

उच्च अदालत पाटनले गौशाला धर्मशाला सञ्चालनका लागि काठमाडौं महानगर र पशुपति विकास कोषबिच भएको सम्झौता खारेज गरेको छ। उच्चका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र हेमन्त रावलको इजलासले बुधबार उक्त सम्झौदा खारेज गरिदिएको हो।

गत असोज २२ गते कोषले धर्मशाला सञ्चालनका लागि काठमाडौं महानगरसँग सम्झौता गरेको थियो। सोविरुद्ध मारवाडी सेवा समितिले उच्च अदालतमा रिट दायर गरेको थियो।

उच्चले महानगर र कोषबिच भएको सम्झौता खारेज गरिदिएसँगै फेरि पशुपति गौशाला धर्मशाला मारवाडी सेवा समितिले नै चलाउने बाटो खुलेको हो।