१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 30 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

घाटामा रहेका खानेपानी संस्थानलाई नाफामा ल्याएरै छोड्छौँ : मन्त्री यादव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:२१:oo

खानेपानीमन्त्री प्रदीप यादवले घाटामा रहेर सेवा दिँदै आएका नेपाल खानेपानी संस्थानका देशभरिका शाखाहरूलाई नाफामै ल्याएर छोडिने बताएका छन्। संस्थानलाई अब नाफामा ल्याउन गेम चेन्जर प्लान ल्याउने प्रतिबद्धतासमेत व्यक्त गरे।

खानेपानी संस्थानको ३६औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री यादवले संस्थानले लाखौँ नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउँदै आएको भन्दै यसको महत्त्वलाई उच्च मूल्यांकन गरे। उनले संस्थानलाई घाटाबाट नाफामा रूपान्तरण गर्न सबै कर्मचारी र सरोकारवालाहरूको पूर्ण सहयोग आवश्यक रहेको बताए।

मन्त्री यादवले संस्थानलाई घाटाबाट मुक्त गर्न सबै कर्मचारीले गम्भीर भएर सोच्नुपर्ने र योजनाबद्ध रूपमा अघि बढ्नुपर्नेमा जोड दिए। उनले भने, ‘संस्थान कस्को कारण घाटामा पुग्यो ? यसलाई नाफामा ल्याउने उपाय के हुन् ? सबैले जिम्मेवारीपूर्वक सोच्नुपर्छ। संस्थान रहे मात्र हामी सबैलाई फाइदा हुन्छ, घाटामा गएर नै संस्थान बन्द भयो भने दोष कसलाई दिने ?’

मन्त्री यादवले पाइपलाइन फुट्ने, चुहिने, फोहोर तथा ढल मिसिएर पानी आउने समस्या तत्काल समाधान गर्नुपर्नेमा विशेष ध्यानाकर्षण गराए। उनले कर्मचारीहरूलाई निर्देशन दिँदै भने, ‘खानेपानी सेवामा कुनै लापरबाही हुनुहुँदैन। नागरिकलाई शुद्ध, सुरक्षित र गुणस्तरीय पानी उपलब्ध गराउने हाम्रो दायित्व हो। संस्थानलाई नाफामा ल्याएरै छोड्छौँ।’

नाफामा रहेका अन्य शाखाहरूबाट सबैले पाठ सिक्नुपर्ने उनको भनाइ छ। संस्थानमा महाप्रबन्धकको १० महिनादेखि स्थायी नेतृत्वको अभाव रहेको भन्दै उनले निकै अप्ठ्यारो परिस्थितिका बाबजुद आफ्नो कार्यकालमा बल्लतल्ल महाप्रबन्धक नियुक्त गर्न सफल भएको बताए। साथै, उनले कर्मचारीको हकहितका सहयोग गर्नका लागि संस्थानको नयाँ विनियमावली चाँडै कार्यान्वयनमा ल्याइने आश्वासन दिए।