Skip This
युवामैत्री नीति नहुनु मुलुककै निम्ति दुर्भाग्य : कमल थापा
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 15 April, 2025
Invalid date format १७:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

युवामैत्री नीति नहुनु मुलुककै निम्ति दुर्भाग्य : कमल थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:o८:oo

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राज्यसँग कुनै किसिमको युवामैत्री नीति नहुनु मुलुकका निम्ति दुर्भाग्य भएको बताएका छन्। युवामैत्री नीति नहुँदा देश अधोगतितर्फ गएको थापाले बताए।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको ‘सिआन पुनर्स्थापना केन्द्र’को अवलोकन गर्दै अध्यक्ष थापाले लाखौँ युवा विदेशका सहर र गल्लीमा भौँतारिइरहेको र स्वदेशमा भएका युवाहरूको समेत एउटा ठुलो हिस्सा दुर्व्यसनको सिकार हुनु मुलुकका निम्ति दुर्भाग्य भएको बताए।

दुर्व्यसनमा फसेकाहरूलाई समाजमा पुनर्स्थापित गरी आत्मनिर्भर हुने र सम्मानपूर्वक जीवनयापन गर्ने परिस्थिति निर्माण गर्नु आजको आवश्यकता रहेको उनले उल्लेख गरे।

‘दुर्व्यसनको कुलतमा लागेकालाई नकारात्मक र अपराधको दृष्टिकोणबाट हेरिनु हुन्न,’ उनले भने, ‘सकारात्मक दृष्टिका साथ सकारात्मक परिवर्तन गराई समाजमा पुनर्स्थापना गर्नु हाम्रो कर्तव्य हो।’

सिआनले पछिल्लो समय छुट्टै महिला सुधारगृह पनि सञ्चालन गरेकोमा अध्यक्ष थापाले खुसी व्यक्त गरे। विभिन्न प्रकारका दुर्व्यसनबाट पीडितहरूको उद्धार र पुनर्स्थापनाको निम्ति सिआनले गरेको सेवा अत्यन्त प्रशंसनीय भएको उनको भनाइ थियो। कार्यक्रममा संस्थामा अध्यक्ष बिजेन्द्र अग्रवाल, मन डिसीलगायतले बोलेका थिए।