Skip This
पूर्वराजाको चाहनालाई राष्ट्रिय मेलमिलापको प्रस्तावको रूपमा लिनुपर्छ : कमल थापा
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण ७ बुधबार
  • Thursday, 17 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ फाल्गुण ७ बुधबार १७:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पूर्वराजाको चाहनालाई राष्ट्रिय मेलमिलापको प्रस्तावको रूपमा लिनुपर्छ : कमल थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ फाल्गुण ७ बुधबार १७:२२:oo

राप्रपा नेपालका अध्यक्ष कमल थापाले देश र जनता बचाउनका लागि पूर्वराजा र जनताबिच साझेदारीको आवश्यकता रहेको बताएका छन्।

बुधबार प्रजातन्त्र दिवसको अवसरमा राप्रपा नेपाल राजनीतिक विभागले आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै थापाले पूर्वराजाको चाहनालाई राष्ट्रिय मेलमिलापको प्रस्तावको रूपमा लिएर अगाडि बढ्नुपर्ने बताए।

उनले भने, ‘राजाको यति मात्रै चाहना रहेको छ। देश र जनतालाई बचाउन फेरि एकपटक राजा र जनताबिचमा साझेदारी आवश्यक छ। राजाले फेरि निरंकुश व्यवस्था र राजासंस्था स्थापना गर्ने चाहना व्यक्त भएको छैन। राजाको चाहनालाई राष्ट्रिय मेलमिलापको प्रस्तावको रूपमा ग्रहण गरेर सबै नेपाली अटाउने राजनीतिक प्रणाली विकास गर्नेतिर ध्यान दिन म आग्रह गर्न चाहन्छु।’

पूर्वराजा ज्ञानेन्द्रबाट देशवासीलाई सन्देश दिँदै मार्मिक ढंगबाट परिस्थितिको चित्रण भएको सन्देश आएको बताउँदै थापाले उक्त सन्देशलाई सबैले मनन गर्न आवश्यक रहेको बताए।

पूर्वराजाको सदासयतालाई नकारात्मक रूपमा लिन र टीकाटिप्पणी गर्न आवश्यक नभएको भन्दै थापाले पूर्वराजाको भनाइ प्रजातन्त्र, दल र नेताको विरुद्धमा नभएको, मुलुकको समस्याप्रतिको चिन्ता मात्र भएको दाबीसमेत गरे।

कसैलाई निषेध नगरी सबै अटाउने प्रणाली आवश्यक भएको चर्चा गर्दै थापाले पूर्वराजा ज्ञानेन्द्रको सन्देश अत्यन्तै सकारात्मक रूपमा ग्रहण गर्दै यो प्रस्ताव साकार पार्न राप्रपा नेपाल तयार रहेको र जनदबाब सिर्जना गर्ने काममा क्रियाशील बन्नेसमेत उद्घोष गरे।

कार्यक्रममा अर्थविद् डा. विश्व पौडेल, वरिष्ठ अधिवक्ता विष्णु भट्टराई, भाष्कर भद्रा र नीरज शाहले पनि बोलेका थिए।